(सुशील दर्नाल)काठमाडौँ, २० असार । नेपाली गीत–सङ्गीतको बजार अहिले ओरालो लाग्दै गएको देखिएको छ ।पछिल्लोपटक लोक दोहोरी, आधुनिक तथा पप गीतका क्यासेट तथा सिडीहरू विस्तारै बिक्न कम भएपछि कलाकार, गीतकार, सङ्गीतकार तथा म्युजिक कम्पनी सञ्चालकलाई दैनिकी चलाउनसमेत धौधौ पर्दै गएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष चन्द्र शर्माले नाम चलेका चर्चित कलाकारले ‘स्टेज सो’ गरेर र डिजिटल (सिआरबिटी र पिआरबिटी) बाट मात्र केही आम्दानी गरिरहेको बताउनुभयो । सिआरबिटी र पिआरबिटीको सुरुवातसँगै दुई वर्ष जति राम्रै आम्दानी भए पनि त्यो पनि आजकाल नाजुक अवस्थामा पुगेको उहाँको भनाइ छ । दोहोरी गीत प्रतिष्ठानमा करिब एक हजार ८०० लोक तथा दोहोरी गायक गायिकाहरू आबद्ध रहेका छन् । यस प्रतिष्ठानमा आबद्ध अर्थात् दोहोरी क्षेत्रमा लाग्ने अधिकांश कलाकार विदेश पलायन भए भने कतिपय अन्य पेसा वा व्यवसाय गर्नतिर लागेको पाइन्छ । नेपालमा गीत गाएर गुजारा चलाउन समस्या भएपछि अधिकांश कलाकार साङ्गीतिक कार्यक्रम गर्न विदेश जाने र उतै बस्ने गरेको अध्यक्ष शर्माले बताउनुभयो ।चर्चित लोक गायक बद्री पङ्गेनीले टेलिभिजन, रेडियो वा एफएम रेडियोमा एकपटक गीत बजेपछि कम्तीमा एक रुपैयाँ रोयल्टी गायकले पाउनुपर्ने नीति सरकारले बनाउनुपर्ने माग गर्नुभयो ।गायक पङ्गेनीले भन्नुभयो – “हरेक आन्दोलनमा हामी कलाकारलाई राज्य र सरकारले प्रयोगमात्रै गर्दै आएको छ । ती कलाकारलाई कुनै ठूलो रोग लाग्दा उपचार गर्न पैसा नभएर मृत्यु हुन्छ तर राज्यले फर्केर हेर्दैन । राज्यले कलाकारलाई बेवास्ता गरेको छ ।”कलाकारले नेपाली गीत–सङ्गीतको अनधिकृत बिक्री वितरण गर्न नपाइने र गीत–सङ्गीतको विकासका लागि सरकारले अधिकार सम्पन्न सङ्गीत विकास बोर्ड गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।
राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल कलाकारको प्रतिभालाई सरकारी सञ्चार माध्यमबाट निःशुल्क वा न्यूनतम दरमा प्रस्तुत गर्ने परिपाटी बसालिनुपर्ने बताउनुभयो ।उहाँले आफूहरूको मागबारे सरकार र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ नभएको बताउनुभयो । रिमा रेकर्टिङ स्टुडियोका सञ्चालन विवी अनुरागीले देशैभरि करिब ७०÷८० को सङ्ख्यामा रहेका म्युजिक कम्पनीहरू गीत नचेलेका कारण बन्द हुने स्थितिमा पुगेको जानकारी दिनुभयो ।नेपाली दोहोरी गीतको बजार ओरालो लागेसँगै हजारौँ युवायुवतीलाई रोजगारी दिँदै आएका उपत्यका र उपत्यका बाहिरका गरी करिब १०० को सङ्ख्यामा रहेका दोहोरी साँझ, रोधी क्लब तथा गजल साँझहरू बन्द हुने अवस्थामा रहेको बताइन्छ ।गौशालास्थित नवदुर्गा दोहोरी साँझका सञ्चालन राजु महतले नेपाली गीत–सङ्गीत ओरालो लागेसँगै सरकारले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई कडा कारबाही गरेपछि दोहोरी साँझहरू चल्न छाडेको बताउनुभयो ।दोहोरी साँझमा गीत गाएर जसोतसो आफ्नो गुजारा चलाउँदै आएका रूपन्देहीका राजकुमार रायमाझीले गीत गाएरै दुई छाक टार्न पनि मुस्किल भइरहेको दुखेसो सुनाउनुभयो । रासस

Post a Comment