0
रोटरी क्लव अफ पोखरा न्यूरोड, रोट¥याक्ट क्लव अफ न्यूरोड पोखरा र बाबा फाउण्डेसन नेपालको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरियो । रोटरी डिष्ट्रिक ३२९२ को वार्षिक योजना तथा रोटरी क्लव अफ पोखरा न्यूरोडको वार्षिक कार्यक्रम अनुसार पोखरा ११ मा रहेको शिवशक्ति उच्च मावि र पोखरा ७ मासबारमा रहेको श्रीकृष्ण माविको हाताभित्र वृक्षारोपण गरिएको हो ।
छुट्टाछुट्टै विद्यालयमा आयोजित उद्घाटन कार्यक्रममा कार्यक्रमका सभापति रोटरी क्लव अफ पोखरा न्यूरोडका अधयक्ष दीलिपराज श्रेष्ठले रोटरीले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा विश्वभरि कार्यक्रम गरिरहेको प्रसंग उल्लेख गरे । साथै रोटरीले नेपालमा सन् २०१७ सम्म नेपाल सरकारसँग सहकार्य गरी साक्षर नेपालको अभियान सञ्चालन गरिरहेको र विद्यालयमा गरिएको वृक्षारोपण कार्यक्रमले वातावरण क्षेत्रका साथसाथै गर्दै गुणस्तरीय शिक्षाको अभियानमा समेत साथ दिने बताए । त्यस्तै रोट¥याक्ट क्लव अफ न्यूरोड पोखराका अध्यक्ष सञ्जिव पौडेलले रोटरी अभियान, रोट¥याक्ट र वृक्षारोपण कार्यक्रमको महत्वका बारेमा आफ्ना धारणा राखे । यसैगरी कार्यक्रमका संयोजक रोटरी क्लव अफ पोखरा न्यूरोडमा उपाध्यक्ष टुवराज बाँस्तोलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारे । शिवशक्ति माविमा भएको कार्यक्रमका अवसरमा शिवशक्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद वास्तोला, प्राचार्य शम्भुराज बास्तोलाले आफ्ना धारणा राखेका थिए । यसैगरी श्रीकृष्ण माविमा भएको कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दण्डराज शर्मा, प्राचार्य केदारनाथ अधिकारीले रोटरी अभियानलाई धन्यवाद दिए ।

Post a Comment

 
Top