0
पोखरा ३२ असार ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्य नर्सिङ ईकाइ कमिटीले नर्सिङ होमबाट बिदा लिएर जान लागेकोे आफ्ना कर्मचारीलाई बिदाइ गरेको छ । बुधवार नर्सिङ होममा एक कार्यक्रमको आयोजना गरी युनियनले बिदाइ भएर जान लागेकी अनु थापा थकालीको बिदाइ गरेको हो । थापालाई युनियनका अध्यक्ष जितेन्द्र पौडेल, संस्थाका सहायक ब्यवस्थापक नरेन्द्र बाँस्तोला, मेट्रोन रजनी पालिखे लगायतले खादा, अबिर र मायाको चिनोले बिदाइ गरेका थिए । कार्यक्रममा पद्य नर्सिङ होमका सहायक ब्यवस्थापक नरेन्द्र बास्तोलाले थापाको उज्वल भविष्यको कामना गर्दै संस्थालाई पु¥याएको योगदानको कदर गरेका थिए । संस्थाका मेट्रोन रजनी पालिखेले अनु थापाले गरेको कामको स्रहाना गर्दै बिदाइ गर्नुपर्दा दुख लागेको वताइन । बिदाइ भएर जान लागेकी अनु थापा थकालीले पद्य नर्सिङ होममा काम गर्न पाउनु आफ्नो अवभाग्य भएपनि छोड्नु पर्दा दुःख लागेको बताइन । आफूलाई नर्सिङ होमले धेरै कुरा सिकाएकोले नर्सिङ होमलाई जीवनभर सम्झिरहने उनको भनाइ रहेको थियो । युनियनका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका सल्लाहकार लक्ष्मी कुँवर, कोषाध्यक्ष नरेश पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालक कृष्ण आचार्यले गरेका थिए ।

Post a Comment

 
Top