0
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संस्थाको सभा हलमा जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खर आएका प्रहरी नायव उपरीक्षक केदार रजौरेलाई एक कार्यक्रमको बीच शुक्रवार स्वागत गरिएको छ । प्रमुख अतिथि रजौरेले २०५० सालमा महाराजगंज काठमाडौंमा सामुदायिक सेवा केन्द्रहरुको स्थापनाको लागि खटिएको थियो । हाल यस कास्की जिल्लामा सामुदायिक सेवा केन्द्रहरुको सक्रियता तथा जिल्ला समन्वय समिती समेतको गठन भई सक्रियतापूर्वक समाज सेवामा सहभागी भएको पाउँदा अत्यन्त उत्साहित र खुशी लागेको बताउँदै सामुदायिक सेवा केन्द्रमा आबद्ध भई समाज सेवामा लाग्नु भनेको नितान्त स्वार्थ बिनाको सेवा प्रदान गर्नु हो, जसको कुनै मूल्य हँुदैन तसर्थ यस संस्थामा आबद्ध सबै समाज सेवीहरुलाई बिचलित नभई अगाडि बढन अनुरोध गर्नुको साथै सबै प्रहरी कर्मचारीहरुलाई आफ्नो पेशा, संगठन, कर्तव्य र नागरिकको जिउधनको सुरक्षाको लागि जिम्मेवार र उतरदायी भई काम गर्ने, सभ्य,नम्र,शिष्ट र मर्यादित हुनु पर्ने बताए । सामुदायिक प्रहरीको काम नै समाजमा भएका विकृति विसंगतिहरुलाई न्यूनीकरण गर्दै समाजमा शान्ति, सुरक्षा,अमनचयन काम गर्नु हो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतमा र संस्थाका महासचिव विमल बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष सीता गुरुङ्ग, द्वितीय उपाध्यक्ष ध्रुव बहादुर क्षेत्री, महासचिव विमल बहादुर कार्की, तथा पदाधिकारीहरु, कास्की जिल्लामा कृयाशील सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, बैदामका अध्यक्ष पम्फा पहारी, माटेपानीका अध्यक्ष दया बराल, कालिकाका अध्यक्ष राजेश भण्डारी, लेखनाथका उपाध्यक्ष ईशवरी प्रसाद अधिकारी, कालिकाका उपाध्यक्ष डाल्डा देवी भूजेल, बैदामका कोषाध्यक्ष हेम प्रसाद तिमिलसीना, वगरका सचिव गिरी प्रसाद गुरुङ्गले मासिक कार्यक्रमको समीक्षको बारेमा बताउदै जिल्ला समन्वय समिती कास्कीका प्रहरी ईन्चार्ज मेघराज गुरुङ्ग लगायत सबै केन्द्रहरुका पदाधिकारीहरु, प्रहरी ईन्चार्जहरुले फूलमाला, अवीर र खादा लगाई स्वागत गर्दै उहाँको कार्यकालको सफलताको शुभकामन व्यक्त गरेका थिए । कास्की जिल्लामा क्रियाशील सामुदायिक सेवा केन्द्रहरुले असार महिनामा भएका  क्रियाकलापहरु र श्रावण महिनामा गरीने कार्यक्रमको बारेमा श्रव्यदृश्य माध्यमबाट प्रहरी नायव निरीक्षक मेघराज गुरुङ्गले प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top