पोखरा उपमहानगरपालिका वडा नं. ६ बैदाममा रहेको शिव मन्दिर मार्गको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बाटो निर्माण समितिको पहल र डिभिजन सडक कार्यालयको पूर्ण सहयोगमा ४ सय १० मिटर बाटो पिच भएको थियो । बुधबार बाटो निर्माण समितिले बाजा गाजा सहित स्थानीयहरुको ब्यापक सहभागिता मा पुरै बाटो परिक्रमा गरेको थियो ।
निर्माण समितिका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डिभिजन सडक कार्यालयका प्रमुख प्रभातकुमार झाले पर्यटकीय नगरी पोखराको बैदाम क्षेत्रमा बाटो निर्माणगरी सम्पन्न गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले आफूलाई स्थानीयहरुले दिएको सहयोग र खानेपानी संस्थान पोखरा शाखाले उपलब्ध गराएको सेवा, विधुत प्राधिकरण र ठेकेदारसम्मको सहयोगले उर्जा मिलेको समेत बताए । शिव मन्दिर बाटो निर्माण समितिका तर्फबाट राजेन्द्र ढकालले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले गरेका थिए । करिव ४० लाख लागतमा निर्माण भएको उक्त सडक उद्घाटन कार्यक्रममा समाजसेवी विश्व सिग्देल, नेपाल खानेपानी सस्थानका कार्यालय प्रमुख बुद्धरत्न महर्जन, ठेकेदार प्रकाश पहारी, सल्लाहकार बावु पहारी, सेनानी रमेशकुमार बञ्जरा, स्थानीय बयोबृद्ध दुवलनारायण श्रेष्ठ, वडा प्रहरी कार्यालय बैदामका प्रहरी जवानहरु र स्थानीय ब्यक्तिहरुको उल्लेख्य सहभागितामा सम्पन्न सो कार्यक्रममा विकास भनेकै बाटो भएकोले संरक्षण र मर्मतकोलागि सधै चनाखो हुनु पर्नेमा जोड दिइएको थियो ।

Post a Comment