0
 रामबजारमा कार्यालय रहेकोे संगम बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व २०७०÷०७१ मा रु ५९ लाख १७ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शेयर पुंजी २ करोड ३९ लाख तथा जगेडा कोष ४१ लाख ५५ हजार रहेको संस्थाको यस अवधि सम्म रु १० करोड १ लाख निक्षेप संकलन गरी १२ करोड ४ लाख ऋण लगानी रहीरहेको छ । संस्थाको निष्कृय कर्जा ०.००८ प्रतिशत रहेको छ । २०६४ चैतमा स्थापना भएको यस संस्थामा हाल ९७२ जना शेयर सदस्यहरु आवद्घ रहेको छ । संस्थाले शेयर सदस्यहरुलाई छितोछरितो रुपमा सेवा प्रदान गरिरहेको तथा विभिन्न रेमिट्यान्स सेवाहरु उपलव्ध गराउदै आएको छ । निकट भविष्यमा अझ सरल तथा सुलभ तरिकाले सेवा प्रदान गरी विभिन्न सामाजिक कार्यमा अग्रसर रहने संस्थाले जनाएको छ ।

Post a Comment

 
Top