0
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजनामा पोखरामा संचालन हुन लागेको छैटौं संस्करणको मिसेस तीज प्रतियोगिता २०७१ को तयारी तीव्र पारिएको छ । यही साउन ३१ गते पोखरा सभागृहमा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको युनियका अध्यक्ष पम्फा पहारीले बताईन ।
१८ देखि ५० बर्ष उमेर समुहका विवाहित १८ जना सहभागिता प्रतियोगितामा सहभागि हुने भएको पहारीले बताइन । प्रतियोगिहरुको प्रतिभा तिर्खान एक महिने प्रशिक्षण सुरु भएको छ भने सोमबार पोखराको डिभिलेज रेष्टुरेण्टमा प्रशिक्षण भएको प्रतियोगिता संयोजक संगिता पाण्डेले बताईन । राष्ट्रिय सौन्दर्यकर्मी युनियन प्रतिनिधि परिषदका परिषद प्रमुख मिना गुरुङले प्रशिक्षण गराएकी हुन ।
विवाहित महिलाहरुलाई अवसर प्रदान गरी उनीहरुको प्रतिभा प्रस्फुटन गर्न पनि प्रतियोगितालाई निरन्तरता दिंदै आएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन प्रतिनिधि परिषदका परिषद प्रमुख मिना गुरुङले बताईन । प्रतियोगिताको मुख्य प्रायोजक लायन्स क्लव अफ पोखरा आगनका अध्यक्ष महिला उद्यमी ममता गुरुङ रहेकी छन भने सह प्रयोजकमा स्याङजा सुनचाँदी पसलका संचालक बलबहादुर सेन्चुरी रहेका छन । प्रतियोगिताको कोरीयो ग्राफिममा रबिन्द्र बज्रचार्य रहेका छन भने प्रतियोगिताको डान्सरमा पुनम गुरुङ रहेकी छन । प्रतियोगिता सम्पन्न गर्न युनियका महासचिव सुमन गुरुङ उपसमिति संयोजक, सह संयोजकमा नुरु गुरुङ, व्यानरमा रोजी श्रेष्ठ, स्टेच तथा मञ्च व्याबस्थापनमा कुसुम खत्री रहेका छन । प्रतियोगितालाई सफल पार्न युनियका कास्कीले समेत सहयोग गर्ने भएको युनियन कास्कीका अध्यक्ष पवि गुरुङले बताईन । यसै विच, ज्योति रानाको अध्यक्षतामा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल जिल्ला कार्यसमिति तनहुँको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा कोपीला श्रेष्ठ, सचिवमा उषा गिरी, सहसचिवमा मन्जु क्षेत्रि, कोषाध्यक्षमा गिता कार्की र सदस्यहरुमा विनु श्रेष्ठ, कमला परियार, मिना सापकोटा र सोनु मल्ल रहेको व्युटिसियन अमिता केसीले बताईन । 

Post a Comment

 
Top