कास्कीका निजि तथा सामुदायिक विद्यालयको एक भेलाले राष्ट्रिय विद्यालय जिम्न्याष्टिक्स महासंघ, नेपाल जिल्ला कार्य समिति कास्की गठन गरेको छ । जीवनलाई स्वस्थ्य राख्न उद्देश्यका साथ उक्त समिति गठन गरिएको हो । समितिको अध्यक्षमा न्यू ग्यालेक्सी उच्च माविका राजु कायस्थ चयन भएका छन् । समितिको उपाध्यक्षमा बाराही उच्च माविका शुसिल केसी, सचिवमा हेमजा वोर्डिङ स्कूलका केशवशरण पौडेल, कोषाध्यक्षमा अञ्जुली वोर्डिङ स्कूलका राजु केसी, सह–सचिवमा अक्सफोर्ड स्कूलका प्रेमराज अधिकारी चयन भएका छन् । यसतै सदस्यहरुमा शिशुनिकेतन उच्च माविका होम गुरुङ, ओम एकेडेमीका युवक लामिछाने, रत्नज्योति उच्च माविका हेमन्त अधिकारी, सनफ्लावर वोर्डिङ स्कूलका दीपक शाह, डायमण्ड मोडल स्कूलका दुर्गाराज सुवेदीका साथै सवलाईन उच्च माविका पुष्पराज पराजुली रहेका छन् । समितिको सल्लाहकारहरुमा सुमन देवकोटा, विद्या मर्सानी, श्रीकृष्ण तिमिल्सिना, याम खड्का, राम थापा, बावुराम पन्त र चिनु रानाभाट रहेका छन् ।पहिला विद्यालयका शिक्षकहरु लाई स्वस्थ्य बनाउने हाम्रो लक्ष्य हो समितिका सचिव पौडेलले भने– त्यसपछि विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण वालवालिकालाई स्वस्थ्य बनाउने काम गर्ने छौं ।समितिले आसर ३१ गते देखि साउन ५ गते सम्म जिम्न्याष्टिकस फर अल लेबल रन सम्वन्धी सप्ताहव्यापी कार्यशाल गोष्ठी सञ्चालन गर्ने भएको छ । गोष्ठिमा निप्योन स्पोर्टस साइन्स युनिभर्सिटी टोकियोका वरिष्ठ प्रशिक्षक विश्व प्रसिद्ध प्रोफेशर टाचु ओ आराकीले प्रशिक्षण दिने भएका छन् ।
विद्यालय जिम्न्याष्टिक्स महासंघ कास्कीमा कायस्थ

Post a Comment