0
नेवारहरुको सांस्कृतिक पर्व तायमचा नाच नजिकिंदै गर्दा नेवाः खल कास्कीले यसको तयारी तिव्र पारेको छ । साथै नेवाः खल कास्कीले पोखराका विभिन्न टोलमा रहेका नेवार समुदायलाई संगठित गर्दै भातृ संस्था गठन कार्यलाई पनि तीव्रता दिएको छ । यसैबीच नेवा खल कास्की तथा जाल्पादेबि नेवा कचा खलको आयोजनामा नेवा मिसा पुच र ल्याम्म पुच जाल्पादेबी गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच गठन गरिएको नेवा मिसा पुच जाल्पादेबीमा उमा श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरिएको छ ।
जसमा अनिता बिजुक्छे उपाध्यक्ष, बिन्ध्येश्वरी श्रेष्ठ सचिब, मोहनमाया श्रेष्ठ सहसचिब तथा सपना ठुसाजु कोषाध्यक्षमा चयन भएका छन् । सदस्यहरुमा कमला जोशी, शान्ती माया श्रेष्ठ, सबिना बिजुक्छे, शान्ती खिचाजु र उषा ताम्राकार रहेका छन् । त्यसैगरि शनिबार नै जाल्पादेबि ल्याम्म पुचको गठन गरिएको छ ।
ल्याम्म पुचका लागि राजिब खिचाजुको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिती चयन गरिएको छ । जसमा अनिश श्रेष्ठ उपाध्यक्ष, इरोज श्रेष्ठ सचिब, बिजेन्द्र श्रेष्ठ कोषाध्यक्ष छन् भने सदस्यहरुमा किस्मत ठुसाजु, सुमन श्रेष्ठ, निश्चल बिजुक्छे चयन भएका छन् । कार्यक्रममा सन् २०१४ को मिस मेघा मोडल अञ्जली बिजुक्छे, मिस नेवा ११३४ रुची श्रेष्ठ, तथा अघिल्लो बर्षको तायमचा नाचमा पुरस्कृत हुन सफल बिजेन्द्र बिजुक्छेलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top