0
पोखराको बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीबाट मंगलबार एक जना बाहिरिने भएका छन् । आईतबार टप टेन प्रतिष्पर्धीले आफ्नो प्रस्तुति राखेका थिए । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अनुसार आईतबारको प्रस्तुतिका आधारमा एक जना बाहिरिएर टप नाईन बाँकी रहनेछन् ।
मंगलबार अपरान्ह तीन बजेपछि बाँकी नौ प्रतिष्पर्धीले टप एटमा स्थान बनाउन आफ्ना प्रस्तुति राख्नेछन् । ‘आईतबारको प्रस्तुतिका आधारमा निर्णायक र श्रोताको भोटिङ निर्णयबाट एक जना बाहिरिनेछन् ।’ एफएममा कार्यक्रम संयोजक सञ्जोक बस्यालले भने ‘त्यसपछि टप एटमा स्थान बनाउन बाँकी नौ ले आफ्नो प्रस्तुति राख्नेछन् । अर्को चरणमा फेरि अर्को एक जना बाहिरिएर टप एट रहनेछन् ।’
आफूलाई मन परेका प्रतियोगिलाई मंगलबार दिउँसो ३ बजेसम्म भोट गर्न सकिनेछ । टप टेनमा परेका जेनिता राईका लागि बिग स्पेश जेड आर, अनिल बिकका बिग स्पेश एबी, ल्हामो डोल्करलाई भोट गर्न बिग स्पेश एलडी, राम लिम्बुका लागि बिग स्पेश आरएल, सन्दिप ढुंगानाका लागि बिग स्पेश एसडी, सरिता अधिकारीलाई जिताउन बिग स्पेश एसए, राजिव परियारका लागि बिग स्पेश आरपी, सम्राट गायकलाई भोट गर्न बिग स्पेश एसजी, दीपेश भट्टचनका लागि बिग स्पेश डिबी र कुन्साङ गुरुङलाई भोट गर्न बिग स्पेश के जी टाईप गरेर ४३२१ मा पठाउन सकिनेछ ।

Post a Comment

 
Top