- पोखरा २१ असार ।
- नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिबार श्रष्टा साक्षात्कार र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । फुलबारीस्थित शिवशक्ति क्याम्पसमा आयोजित कार्यक्रममा पोखराका अग्रज पत्रकार केशवराज पराजुलीले आफ्नो जीवन कहानी सुनाए भने प्राध्यापक टीकाराम कोइरालाले लेखेको ‘बुढेशकालमा फुलेका फूलहरु’ कथा संग्रह विमोचन गरिएको छ ।
- पत्रकार पराजुलीले वाल्यकाल देखि अहिलेसम्मका व्यक्तिगत र सामाजिक विषयवस्तुका बारेमा बताएका थिए । पोखराका मध्यम परिवारमा जन्मेका उनी सानैदेखि आफ्नै कुरामा अडान राख्ने र स्पष्ट बोल्ने व्यक्ति भएकाले कतिपय घुम्तीमा ठक्कर समेत खानुपरेको बताए । पोखराको पत्रकारिताका अगुवा पराजुली लामो समयसम्म शिक्षण पेसामा समेत आबद्ध रहे । २०१५ सालमा आइए पास भएलगत्तै पढाउन थालेका उनले २०४० सालमा उक्त पेसाबाट बिश्राम लिए । यो अवधिमा उनी केवल शिक्षण पेसामा मात्र आबद्ध रहेनन् । निर्दलीय पंचायती शासन व्यवस्थाको विरुद्धमा उनले आफ्नो आवाज सशक्त बनाए । जसका कारण तत्कालिन प्रशासकको आँखाको तारो समेत उनी बने ।
- उनले आफ्नो जीवनलाई व्यापार ब्यवसायमा समेत लगाए । स्टेशनरी पसल संचालन देखि पोखरामै पहिलो कापी उद्योग खोलेको दाबी उनले गरे । २०१६ सालमा सगरमाथा सम्वाद समिति स्थापना भएपछि उनी पोखराबाट पहिलो स्ट्रिंगरको रुपमा काम गर्न थाले । त्यसपछि कुँहडहरका जगन्नाथ सिग्देलले २०१७ सालमा ‘हिमदूत’ प्रकाशन गरेपछि उनी, तेजनाथ घिमिरेहरु त्यसैमा आबद्ध भए ।
- पछि केशव गुरुले २०३९ सालबाट आफ्नै पत्रिका प्रकाशन थाले । उनले प्रकाशन गरेको ‘जनमत’ ले पोखरामा कुनै समय राम्रै प्रभाव परेको थियो । पत्रकारितमा उनको निश्क्रियतासँगै जनमत पनि बन्द हुने अवस्थामा पुग्यो । नेपाली लेखक संघका अध्यक्ष नरहरी उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविवर तेजनाथ घिमिरेले पराजुलीको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रमका सहभागीेले राखेका विभिन्न जिज्ञाशाका बारेमा पराजुलीले उत्तर दिएका थिए ।
- प्राध्यापक टीकाराम कोइरालाले लेखेको ‘बुढेशकालमा फुलेका फूलहरु’ कथा सँग्रह सो अवसरमा विमोचन गरिएको थियो । अष्ट्रेलिया गएका बेला फुर्सदमा लेखिएका २० वटा कथा सँग्रहमा समेटिएको छ । विमोचित कृतिमाथि डा लक्ष्मीशरण अधिकारीले टिप्पणी गरेका थिए । संघका सचिव तुलसी प्रभासले संचालन गरेको कार्यक्रममा संघका केन्द्रीय सदस्य डा कुसुमाकर न्यौपानेले दुवै श्रष्टाको योगदानका बारेमा चर्चा गरेका थिए ।
Home
»
कला-साहित्य
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» लेखक संघमा श्रष्टा साक्षात्कार र सम्मान
Subscribe to:
Post Comments (Atom)
Post a Comment