0
एकीकृत नेकपा माओवादी कास्कीमा पार्टीका वरिष्ठ नेता डा. बाबुराम पक्षको छुटै भेला भएको छ । जिल्ला नेतृत्वले आफूहरुसंग सरसल्लाह नगरी कार्याविभाजन लगाएतका निर्णयहरु गरेको आरोप लगाउँदै एक हप्ता अगाडि भट्टराई पक्षले आफ्नो असहमति रहेको विज्ञप्ती निकालेको थियो ।
त्यसपछि भट्टराई पक्षले भेलाको आयोजना गरेको हो । पोखराको सृजनाचोकमा रहेको रवि होटलमा भेलाको आयोजना गरिएको छ । भेलामा पूर्व जिल्ला सदस्यहरुको उपस्थिति रहेको एकजना सदस्यले जानकारी दिएको गन्थन डटकमले जनाएको छ । बाबुराम पक्षका मात्रै हैन प्रचण्ड पक्षका पनि भेलामा सहभागी भएको ती सदस्यले बताए । कुरा सुन्न हो या असमति भएर हो तर प्रचण्ड पक्षका पनि आएका छन् ती सदस्यले बताए ।
भेलामा गुप्त हमाल, कृष्ण गिरी, किरण थापा, टीकाराम पौडेल, जितबहादुर तमु्, शिवजी लामिछाने, देवी सुवेदी लगायतका जिल्ला नेताहरुको सहभागीता रहेको छ । भेलामा अधिकांश कार्यकर्ताले जिल्लाका प्रचण्ड पक्षले गरेको दमनको बिरुद्ध छुट्टै कमिटी गठन गरेर जानुपर्ने बताएका छन् । केहि युवाहरुले भने अब माओवादी भनेर नभनिकन पोखराबाट नै नयाँ शक्तिको गठन प्रक्रिया थालनी गर्नु पर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top