पोखरा, १९ असार ।
सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन अन्तरगत पहिलो चरणको तेस्रो दिन सम्ममा एक सय ३६ जना दोस्रो चरणमा प्रबेश गरेका छन् । पहिलो चरणको तेस्रो दिनको अडिसनमा बिहिवार दुई सय ५३ जनाले गायन प्रस्तुत गरेकोमा ४५ जनाले दोस्रो चरण प्रबेशको लागि ग्रिन कार्ड प्राप्त गर्न सफल भए । तीन दिनमा कुल ७ सय ६५ जनाले गायन प्रस्तुत गरिसकेका छन् । पश्चिमाञ्चलकै नम्वर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पहिलो चरणको अडिसन शुक्रवार सकिने कार्यक्रम संयोजक सञ्जोग बस्यालले बताए ।
विग आईकनको यो सँस्करणमा ५० जिल्लाका ८ सय ९० जना गायन प्रतिभाहरुले सहभागिताको लागि आबेदन फारम भरेको एफएमले जनाएको छ । पोखराको न्यूरोड स्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा जारी पहिलो चरणको अडिसनमा उमेरले ५० काटेका पाका ब्यक्ति ९ बर्ष सम्मका कलिलो उमेरका गायन प्रतिभाले पनि सहभागिता जनाएका छन् । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो करिब दुई महिनासम्म चल्नेछ । बिजेता बन्नको लागि प्रतियोगिले १९ चरणको अडिसन पार गर्नुपर्नेछ ।
प्रतियोगिताको निर्णायकमा पोखराका अग्रज संगीतकर्मीहरु सामसुङ तामाङ र सुनिल थापा रहेका छन् । यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ मोटरसाईकल प्राप्त गर्नुका साथै व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुने प्रतिभाले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।
बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
Post a Comment