0
कास्कीको चापाकोटस्थित सिद्धबराह उच्च माविमा १० कोठे नयाँ भवन बन्ने भएको छ । नेपाल सेकोर्स अफ बेल्जियमको सहयोगमा करिब ७० लाख रुपैयाँको लागतमा उक्त भवन बन्ने भएको हो । यसअघि पनि उक्त संस्थाले १४ कोठे भवन निर्माण गरिदिएको थियो । वि.सं.२०४४ सालमा स्थापित सिद्धबराह उमावि स्थानीय सर्वसाधारणको प्रयासबाट भौतिक पूर्वाधार जुटाउँदै अघि बढ्नेक्रममा अब बन्ने नयाँ भवन संगै विद्यालयले कक्षाकोठाहरुमात्र नभएर होस्टेलको सुविधा समेत विद्यार्थीहरुलाई दिन सक्ने भएको छ । करिब पाँचसय विद्यार्थी त्यस विद्यालयमा अध्ययनरत छन् । कास्कीको चापाकोट, भदौरेतामागी, ढिकुरपोखरी र कास्कीकोट गाविसको पायक पर्ने स्थान ठूलाखेतको माझथुममा संचालित त्यस विद्यालयलाई क्याम्पसको रुपमा विकास गर्ने लक्ष्य स्थानीय अभिभावकहरुको रहेको छ ।
सोमबार विद्यालयमा आयोजित एक समारोहमा नेपाल सेकोर्स अफ बेल्जियमका संयोजक तथा शिक्षासेवी रामप्रसाद तिमिल्सिनाले विद्यालयको शिलान्यास गरेका हुन् । त्यस अवसरमा बोल्दै उनले त्यस क्षेत्रको अभिभावहरुबाट प्राप्त माया र सद्भावलाई कहिल्यै नभुल्ने बताए । उनले सिद्धबराहमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक पर्ने पूर्वाधार विकासमा आफ्नो तर्फबाट सम्भव भएसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अब बन्ने भवनको गुणस्तरमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गरे । तिमिल्सनाका अनुसार उनी संलग्न संस्था सेकोर्स अफ बेल्जियमले कास्की जिल्लाका विभिन्न गाविसमा रहेका विद्यालयको पूर्वाधार विकासमा सघाउँदै आएको छ । यसैक्रममा केही वर्ष यता कास्कीका करिब १५ वटा विद्यालयमा भवन निर्माण एवं पूर्वाधार विकासका लागि १५ करोड रुपैयाँ भन्दा बढी खर्च भैसकेको छ । संस्थाले बेल्जियम सरकारको सहयोगमा प्राप्त गरेको रकमबाट कास्कीमा विद्यालय भवन निर्माण तथा मर्मत एवं शिक्षा, स्वास्थ्य र कृषि लगायतका विभिन्न क्षेत्रमा काम गदैृ आएको छ ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै सिद्धबराह उमावि व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीले विद्यालयलाई क्याम्पसको रुपमा विकास र विस्तार गर्ने तथा शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरुको सक्रिय सहयोग र समर्थको आवश्यकतामा जोड दिए । तिमिल्सिना संयोजक रहेको सेकोर्स अफ बेल्जियमले विद्यालयमा २ वटा भवन निर्माणमा सहयोग पु¥याएको स्मरण गर्दै उनले भविष्यमा पनि विद्यालयको आवश्यकता अनुरुप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । स्थानीय आमा समूह, समाजसेवी तथा भजनकीर्तन समूहलाई समेत आवश्यकता अनुसार सहयोग जुटाउन आफूले पहल गर्ने उनको भनाइ थियो । मनिरत्न बदसरा अक्षयकोषका संस्थापक विश्वेश्वर पराजुलीले भौतिक पूर्वाधारको विकास संगै शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यनलय परिवारले अझै सक्रिय देखाउनुपर्ने खाँचो औंल्याए । विद्यालयका पूर्व शिक्षक समेत रहेका नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले स्थापना कालमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बस्नका लागि डेक्स बेन्चको समस्या सभाव रहेकोमा क्रमशः भौतिक सुविधा थपिंदै गएकोमा खुशी व्यक्त गरे । २०४६ सालको जनआन्दोलनताका आफूलाई विद्यालयमा अध्यापन गरिरहेका बेला पक्राउ गरी २ महिना जेलमा राखिएको स्मरण गर्दै उनले मुलुकको शैक्षिक विकास तथा आम नागरिकको अधिकार संरक्षणका लागि सदैव आफूले पहल गर्ने बताए । विद्यालयका प्रअ ठाकुरप्रसाद पराजुलीले सेकोर्स अफ बेज्यिमले त्यस क्षेत्रका बालबालिकाका लागि शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण सहयोग गर्दै आएको जानकारी दिंदै विद्यालयको मर्मत तथा रङ्गरोकनका लागि समेत १० लाख रुपैयाँ प्राप्त भएको जानकारी दिए । कार्यक्रममा सहयोगदाता रामप्रसाद तिमिल्सिनाकी धर्मपत्नी पार्वती तिमिल्सिना, विद्यालयका सहायक प्रअ बद्रनाथ पराजुली, सिद्ध बराह आमा समूहका अध्यक्ष कृष्ण सुवेदी र शिक्षक तुलसीप्रसाद भण्डारी लगायतले विद्यालयका विविध गतिविध र सेकोर्स अफ बेल्जियमले गरेको सहयोगका बारेमा चर्चा गरेका थिए ।

Post a Comment

 
Top