0
पोखराको रामबजार युथ क्लवले डिलु गुरुङ(थिङग)को संयोजकत्वमा महिला विभाग  (वमेन वीङ्) गठन गरेको छ ।  समितिको सह–संयोजकमा स्वेच्छा वि.क, सदस्य सचिवमा ऋतु लामा रहेका छन् भने सदस्यहरुमा लक्ष्मी गुरुङ, सुमित्रा नेपाली, स्वेता वि.क, सोनु सुनार, रञ्जना थापा, विमला थापा, नेहा पुन र सिमा सुनार रहेका छन् । विभागको सल्लाहाकारमा क्लबका अध्यक्ष तिलबहादुर गुरुङ, सचिव खगेद्र क्षेत्री र कोषाध्यक्ष कुमार लामा थिङग छन् । क्लबमा आवद्व महिलाहरुको क्षमता अभिवृद्वि तथा नेतृत्व विकासका लागि कार्यक्रमहरु अघि बढाउने उद्देश्यले सो विभाग गठन गरिएको सचिव खगेन्द्र क्षत्रीले जानकारी दिए । यसैबीच, रामबजार स्वर्ण जयन्तीको अवसरमा महिला विभागले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत युवाहरुलाई लक्षित गरी मोटिभेसनल वर्कसप गरेको छ । कार्यक्रममा एक सय २० जना युवाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सकारात्मक सोच, नेतृत्व विकास, सामुहिक भावना लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यसअवसरमा संचारकर्मी दीपेन्द्र श्रेष्ठ, शिक्षासेवी तारानाथ पाखे, हरियोखर्क अस्पतालका परामर्शदाता चेतप्रसाद अधिकारी र क्लबका अध्यक्ष तिलबहादुर गुरुङले विविध विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा ज्ञानज्योती पुस्तकालयका अध्यक्ष निरज थापाले महिला सशक्तिकरण का लागि महिलाहरु नै अघि बढेको भन्दै प्रशंसा गरे । क्लवका सचिव खगेन्द्र क्षेत्रीले महिला विभागले उदाहरणीय काम गरेको उल्लेख गर्दै रामबजार स्वर्ण जयन्ती महोत्सवलाई सहयोग गर्न आग्रह गरे । महिला विभागकी संयोजक डिलु गुरुङ (थिङग) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सोनु सुनारले स्वागत र सदस्य सचिव ऋतु लामाले कार्यक्रम संचालन गरेकी थिईन् ।

Post a Comment

 
Top