0
नेकपा एमाले पोखरा उपमहानगरपालिका–१ को वडा १४औं वडा अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनले शारदा पराजुलीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा दामोदर रिमाल, सचिव दुर्गा सुवेदी, उपसचिव रामप्रसाद अधिकारी छन् । त्यस्तै सदस्यहरुमा सन्तोष दाहाल, भिमबहादुर परियार, जुगमाया परियार, भिविषण तिमिल्सेना, धनकुमारी पौडेल, सीता गुरुङ, शम्शेर शाहि, बबिता परियार रहेका छन् । नयाँ कमिटिको कार्यकाल दुईवर्षको हुनेछ । उद्घाटन सत्रमा प्रमुख अतिथि एमाले कास्की अध्यक्ष कृष्ण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता रुद्र तिमिल्सेनाले गरेका थिए भने कृष्ण पौडेलले कार्यक्रम संचालन गरेका थिए । अधिवेशन सुरु हुनुअघि अघिल्लो कमिटिले आयव्यय विवरण पेश गरेको थियो ।

Post a Comment

 
Top