माउण्ट अन्नपूर्ण उच्च मा.वि.मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो । कक्षा ११ मा म्यानेजमेण्ट तथा होटल म्यानेजमेण्ट विषय लिएका एक सय सन्ताउन्न जना नवआगन्तुक विद्यार्थीका लागि आयोजना गरिएको उक्त कार्यक्रमको संयोजन कक्षा १२ मा अध्यायनरत विद्यार्थीहरु सम्मलित स्पोर्टस तथा इन्टरटेनमेण्ट क्लवले गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजकाजि गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल रामजी शर्माले विद्यार्थीलाई आचार संहितापालनाको आवश्यक्ता तथा यसको महत्व दर्शाउदै भविष्यका लागि लक्ष्य निर्धारण प्रक्रिया, यसको उपलब्धिका उपाय तथा भविष्य निर्माणमा दिशानिर्देशको महत्वका बारेमा अभिमुखिकरण प्रदान गरेका थिए । विहानी सत्रका संयोजक सुन्दर प्रधानको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा भाइस–प्रिन्सिपल अशोक शाही, कसमस समूहका अध्यक्ष तेज गुरुङ्ग, काउन्सिलर माइकल न्युटन, कसमस कलेजका प्रिन्सिपल डा. ध्रुब कार्की, शिक्षक शेर सिंह गुरुङ्ग, कक्षा १२ का विद्यार्थी संगम गुरुङ्ग, कक्षा ११ का तर्फबाट नवआगन्तुक विद्यार्थी रुवी शर्मा लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कक्षा १२ मा अध्यायनरत स्पोर्टस तथा इन्टरटेनमेण्ट क्लवका विद्यार्थीहरुले गीत संगीत तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रम मार्फत मनोरन्जन गरेका थिए ।
(निरोज बजगाई÷विद्यार्थी पत्रकार)
कार्यक्रममा कक्षा १२ मा अध्यायनरत स्पोर्टस तथा इन्टरटेनमेण्ट क्लवका विद्यार्थीहरुले गीत संगीत तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रम मार्फत मनोरन्जन गरेका थिए ।
(निरोज बजगाई÷विद्यार्थी पत्रकार)
Post a Comment