0
पोखराको पस्र्याङमा संचालित समता शिक्षा निकेतनमा गुरुपूर्णिमाको अवसर पारेर शनिबार विविध सांस्कृतिक कार्यक्रम तथा गुरुपूर्णिमा मनाइएको छ ।सो अवसरमा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गर्नुका साथै गुरुहरुलाई टीक, खादासहित सम्मान गरेका थिए । कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले न्युन शुल्कमा समताले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाले समाजमा सकारात्मक सन्देश दिएको बताए । कार्यक्रममा चर्चित हाँस्यव्यग्य कलाकार मनोज गजुरेलले महंगीको समयमा पनि प्रति विद्यार्थी एक सय शुल्क लिएर पढाएकोमा खुसी व्यक्त गर्दै आफू समताको कामबाट निकै प्रभावित भएको बताए । व्यंग्य चित्रका दुर्गा बराल वास्सायनले पोखरामा समता संचालनमा रहेको थाहा पाए पनि अवलोकन गर्ने मौका नजुरेको बताए । उनले भने, ‘यहाँ यस्तो छ भन्ने थाहा, पाएको भए, मेरो नातिलाई यहीं पढाउँथेँ ।वरिष्ठ पत्रकार गुणराज लुईंटेलले आफू पनि लामो समयदेखि समता अभियानमा जुटेको भन्दै शिक्षकहरुलाई अझ मेहनत गरी अघि बढ्न आग्रह गरे । समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले शिक्षकहरुको मेहनत र विद्यार्थीको लगनशीलताबाट यो अवस्थामा आइपुगेको भन्दै सबैलाई धन्यवाद् दिए । सो जय  भूपू सैनिक सुनचाँदी पसलका तर्फबाट २०७० को एसएलसीमा समताबाट उत्कृष्ट हुने विशाल अधिकारी र नविन अधिकारीलाई गोल्डमेडल सहित सम्मानपत्र प्रदान गरिएको छ ।
पसलका संचालक विनोद सुनार समाताको शैक्षिक अभियानबाट आफू प्रभावित रहेको भन्दै आगामी दिनमा समेत यस्तो सहयोग जारी रहने प्रतिबद्धता जनाए । विद्यार्थी विशाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचारकर्मी दीपेन्द्र श्रेष्ठ, प्रधानाध्यापक झलकप्रसाद शर्मा, व्यवस्थापक उमेश रेग्मीलगायतले समताको शैक्षिक अभियानका बारेमा बोलेका थिए । सो विद्यायलय बाट २०७० को एसएलसीमा सहभागी सबैमध्ये १३ विशिष्ट र २० जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।
यसैगरी गुरु पूर्णिमाको अवसरमा कन्या क्याम्पसको भूपू छात्रा समितिले शनिबार गुरु सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्याम्पस प्राङ्गणमा आयोजित कार्यक्रमलाई छात्रा कल्याण समितिले सहयोग गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तथा कन्या क्यामपस सञ्चालक समितिका अध्यक्ष सुशिलकुमार गोशलीले गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान कार्यक्रम क्याम्पसको इतिहासमै पहिलो पटक भएको बताउदैँ भूपू छात्राहरुले गरेको कार्यक्रम प्रशंसनीय भएको बताए । यो कार्यक्रमलाई निरन्तरता दिदैं यस्ता रचनात्मक कार्यलाई सक्दो सहयोग गर्ने उनले बताए । क्याम्पस प्रमुख मेजरमान बज्राचार्यले गुरु र शिष्यको सम्बन्ध प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कार्यक्रम गरी छात्राहरुको व्यक्तित्व विकासमा सघाउने बताए । क्यामपसका छात्राहरुले खादा, अबिर र फूलको गुच्छा सहितले प्राध्यापकहरुलाई सम्मान गरेका थिए ।  कार्यक्रममा सहायक क्याम्पस प्रमुख सुरेश मानन्धर, प्राध्यापक संघका सदस्य चित्रबहादुर श्रेष्ठ, कन्या क्याम्पस छात्रा कल्याण समितिका संयोजक प्रणिशा श्रेष्ठ लगायतले बोलेका थिए । भूपू छात्रा समितिका संयोजक संगीता बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कविता श्रेष्ठले गरेका थिए ।
यसैगरी पोखरा चिसाखोला वेद विद्याश्रम सराङ्गकोट–६, कास्कीमा गुरुपूर्णिमा पर्व गुरुपूजा गरि मनाइएको छ । विद्याश्रम बालक्लवको आयोगजनामा भएको गुरुपूजन कार्यक्रममा बोल्दै विद्याश्रमका प्रमुख संरक्षक तथा अग्निहोत्रृ पं. केदारनाथ उपाध्यायले वेद, रुद्री र सन्ध्योपासनाको अध्ययन गर्नु नै सच्चा गुरुपूजन हुने बताए । कार्यक्रममा बोल्दै विद्याश्रमका मानार्थ प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष मोक्षनाथ तिमिल्सिनाले गुरुको शब्दको अर्थ अँध्यारोलाई हटाउँदै प्रकाशतर्फ धकेल्ने काम भएकाले गुरुले दिएका शिक्षालाई सकारात्मक रुपमा लिन आग्रह गरे । यसैगरी गुरुपूर्णिमाको अवसरमा युवा रेडक्रस सर्कल स्टेप बाई स्टेप उच्च मा्.वि.मासबार पोखराले शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्टेप बाई स्टेप उच्च मा.वि. युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्राचार्य निर्मला बरालले यस कार्यक्रमबाट आपूm अत्यन्तै हर्षित र गौरवान्वित भएको कुरा व्यक्त गर्दै विद्यार्थीहरुको उज्ववल भविष्य निर्माणमा थप जिम्मेबारी थपिएको महसुुस भएको बताइन ।


Post a Comment

 
Top