0
नेपाल टेलिकमले हुवावे कम्पनिको नयाँ प्रविधिमा आधारित भएर थ्रीजी मोवाइल इन्टरनेट सेवाको सिस्टम पोखरामा पनि अपग्रेड गर्ने भएको छ । देशका अन्य केही सथानमा यो प्रविधि शुरु भैसके पनि पोखरामा भने बिहीबारदेखि यो सेवा सुरु गर्न लागेको हो । हुवावेको प्रविधिबाट सेवा विस्तारका लागि पोखरा र आसपासका क्षेत्रमा रहेका बिटिएस टावरको क्षमता समेत वृद्धि गरिएको टेलिकमले जनाएको छ । हुवावेकोे प्रविधिमा आधारित रहेर चलाउँदा मोवाईल तथा इन्टरनेट सेवामा गुणस्तर आउनेछ विश्वास नेपाल टेलिकम पोखराका विक्री प्रमुख राजेश रेग्मीले व्यक्त गरेका छन् ।  पोखरामा अहिले करिब ६० वटा बिटिएस टावर छन् । सेवा बिस्तार गर्ने क्रममा एकसाताभित्र ती सबै टावरमा नयाँ प्रविधि जडान भईसक्ने छन् ।  अहिलेसम्म जेडटिइ प्रविधिमा आधारित रहेको मोवाईल अब हुवावेको प्रविधिबाट चल्ने र अहिलेसम्म मोवाईल इन्टरनेट सुस्त भएको गुनासो गर्ने उपभोक्ताले अब तिब्रगतिमा चलाउन पाउने टेलिकमको विश्वास छ ।
यो प्रविधिबाट अहिलेसम्म काठमाडौं सहित हेटौडा, भद्रपुर, इलाम बनेपा लगायतका सहरमा मोवाइल इन्टरनेट सेवा चलिसकेको छ । हुवावेको प्रविधिबाट चल्ने इन्टरनेटको गति ७ दशमलव २ एमबिपिएस हुनेछ । यसअघि जेडटिइ प्रविधिमा पनि यहि नै गतिमा इन्टरनेट चल्दै आएको भएपनि उपभोक्ताले सुस्त गति भन्दै गुनासो गर्दै आएकाले  पोखरा क्षेत्रमा सेवा पुगेपछि टेलिकमले आसपासका तनहुँ, गोरखा, लम्जुङ, स्याङजामा पनि यो सेवा संचालन गर्ने टेलिकमले जनाएको छ ।
निजि क्षेत्रले टेलिकमको सिम÷रिम बिक्री गर्न थालेसँगै यो प्रविधि बिस्तार हुँदा ग्राहक सेवा र ब्यापार प्रवद्र्धन प्रभावकारि बन्दै जाने हाम्रो विश्वास रहेको छ । यो प्रविधि थप्ने क्रममा केहि समय मोवाइल इन्टरनेट तथा भ्वाइस सेवा समेत अवरुद्ध हुनसक्ने भएकोले समस्या आएमा तत्काल मोवाइल स्विचअफ गरि अन गर्न रेग्मीले आग्रह गरेका छन् ।

Post a Comment

 
Top