राजविराज, १७ असार । सप्तरी जिल्ला अदालतले विषहरियाकी ११ वर्षीया आशाकुमारी यादवलाई उनका बुबा ५० वर्षीय अहेव चन्देश्वर यादवबाट सोमबार मानाचामल भराउने फैसला गरेको छ ।जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पीडितको भरणपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको दायित्व बुबाको रहेको भन्दै पीडितलाई मासिक दुई हजार ५०० का दरले मानाचामल भराउने फैसला गरेको हो । फैसलामा चन्देश्वर यादवले पाउने मासिक पारिश्रमिकबाट तलब रोक्का भएदेखि प्रतिमहिना दुई हजार ५०० का दरले उपलब्ध गराउने व्यवस्थाका लागि उनी कार्यरत कार्यालयमा लेखी पठाउने आदेश भएको छ ।जिल्ला अदालतबाट आरोपितले पाउने पारिश्रमिक १९ हजार ५७४ को पाँच भागको एक भाग रोक्का राख्ने भनी ०७१ साल वैशाख ५ गते आदेश भएको थियो । आरोपित जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरअन्तर्गत स्वास्थ्यचौकी प्राङ्गुमा अहेव पदमा कार्यरत छन् ।बाबुको कर्तव्यबाट विमुख भई विषहरिया–७ का चन्देश्वरले पालनपोषणमा ध्यान नदिई खानलाउन नदिई हेलोहोचो गरेपछि बालिका विषहरिया–८ स्थित मामाघरमा बस्दै आएकी थिइन् । बालिकाको संरक्षक भई मावली हजुरबुबा ७२ वर्षीय नन्दी यादवले भरणपोषणका लागि जिल्ला अदालतमा गत पुस ८ गते उजुरी दिनुभएको थियो ।
उजुरीमा बालिकाको पालनपोषण मामाघरमा हुँदै आएकामा पीडितको बढ्दै जाने खर्च जुटाउन नसक्ने अवस्था परेकाले गत असोज १५ गते चन्देश्वरलाई आग्रह गर्दा इन्कार गरेकाले प्रतिमहिना १० हजारका दरले मानाचामल भराई बालिकाको बाँच्न पाउने हक संरक्षण गर्न माग गरिएको थियो ।
बालिकाको स्वास्थ्य, शिक्षा र बाँच्न पाउने अधिकार जोखिममा परेको देखिँदा बालबालिकाको सर्वोत्तम हितको सिद्धान्त र बालबालिकासम्बन्धी ऐन, ०४८ बमोजिम मानाचामल भराउने फैसला भएको स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । रासस

Post a Comment