0
उप महानगरपालिका वडा नं. १७ स्थित एक्वायर वाटर किङ्गडम पार्कमा बृहत वृक्षारोपहण गरिएको छ ट पोखरा उपमहानगरपालिका कार्यालयको सहयोगमा उक्त वृक्षारोपण गरिएको हो । कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृण्ण ज्ञावलीले गरेका थिए । कार्यक्रममा  करिब ३६० रुखका बोटहरुको वृक्षारोपण गरिएको थियो । यस वृक्षारोपहणमा जिल्ला प्रहरी कार्यालय कास्कीका का.मु. प्रमुख प्रहरी नायब उपरीक्षक केदार रौजर, नेपाल सशस्त्र प्रहरी वल, कालिका गणका प्रहरी नायब उपरीक्षक नारायण अधिकारी, समाजसेवी अशोक पालिखे, समाजसेवी टीका कार्की, क्लबका मानार्थ सदस्य महेश गुरुङ्ग, सल्लाहकारहरु पत्रकार नारायण कार्की, तेजबहादुर गुरुङ्ग, रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, दोविल्ला टोल विकास समितिका पदाधिकारीहरु, शुक्ला गण्डकी आमा समुहका सदस्यहरु, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, वडा नंं. का वडा सचिव लोक दर्शन कोईराला, टोल विकास संस्था वडा नं. ९ समन्वय समिति अध्यक्ष उत्तम जोशी, दि विज्डम कास्की ईङ्गलिस बोडिङ्ग स्कुलका संस्थापक प्राचार्य कृष्ण कुमार गुरुङ्ग लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधकारीहरु, पत्रकार एवं सञ्चारकर्मीहरु, क्लबका पदाधिकारीहरु एवं सदस्यहरु साथै स्थानिय समाजसेवी गरि करिब २०० जनाले वृक्षारोपहण गरेका थिए । यस अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष केशबराज बरालले स्वागत मन्तव्य राखेको थियो भने प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावलीले प्रमुख आतिथ्य मन्तव्य राख्ने क्रममा यस्ता वृक्षारोपहणहरु धेरै संस्थाहरुले गरेका छन् तर त्यस पछि बोटविरुवाको संरक्षणको कमिमा केहि उपलव्धि नभएको र प्रत्येक वर्ष बारम्बर वृक्षारोपहण गर्नु परिरहेकोले यस पार्कको संरक्षणमा विशेष ध्यान पु¥याउनको लागि हार्दिक अनुरोध गरेका थियो भने अर्को वर्ष यस स्थानमा मलजलको लागि जम्मा हुन पाउ भन्ने आशा व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्यले गरेका थियो भने कार्यक्रमको सञ्चालन क्लबका महासचिव एवं बृहत वृक्षारोपहण कार्यक्रमका संयोजक केशबबहादुर थापाले गरेको थियो । यस कार्यक्रमको प्रमुख उद्येश्य पोखराको प्रर्यावरणिय वातावरणको अनुकुल निमार्ण गर्नुको साथै सेति नदिबाट भुक्षय भई करौडौको सार्वजनिक जग्गा नष्ट हुन जानबाट जोगाई सम्विन्धित निकायलाई ध्यानाकाषर्ण गर्नु रहेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताएका थिए ।

Post a Comment

 
Top