पोखरा एक्सप्रेस पाक्षिकका संस्थापक, प्रकाशक एवं प्रधान सम्पादक स्व. बालकृष्ण उग्रताराको स्मृतिमा वनका परिवारजनद्वारा स्थापित तथा सोही पत्रिकाद्वारा संचालित ‘बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार–२०७१’ बाट पोखराका पत्रकार नवराज सुवेदीलाई सम्मान गरिने भएको छ । वि.सं.२०२७ सालमा कास्कीको हंसपुरमा जन्मिएका सुवेदी पोखराबाट प्रकाशित हुने फेवा पोष्ट साप्ताहिकका सम्पादक हुन् । विगत दुई दशकदेखि निरन्तर पत्रकारितामा कृयाशील सुवेदीले रेडियो नेपाल, छलपल, जनआस्था लगायतका संचार माध्यमहरूमा आवद्ध भएर काम गरिसकेका छन् । पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीको संयोजकत्वमा पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, महासंघकै कास्की जिल्ला अध्यक्ष रामकृष्ण ज्ञवाली, उग्रताराका जेष्ठ सुपुत्र निराजन उपाध्याय र सो पत्रिकाका प्रधान सम्पादक जमुना शर्मा
सदस्यहरू रहेको छनौट समितिले सिफारीस गरे बमोजिम सुवेदीलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो । कम्तीमा १५ बर्ष पश्चिमाञ्चलमा क्रियाशिल भएर पत्रकारितामा संलग्न तथा पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने मध्येका व्यक्तित्वलाई यो पुरस्कार प्रदान गरिंदै आएको छ ।
पुरस्कारको अक्षय कोष रु एक लाख एक हजार एक सय ११ रहेको छ भने राशी रु १० हजार एक सय एकको साथमा सम्मान–पत्र रहेको छ । यस अघि सो पुरस्कारबाट पाल्पाका प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा, कास्कीका प्रेस स्वतन्त्रता सैनानी कुसुमकेशव पराजुली र पर्वतका पत्रकार भोलानाथ शर्मा पुरस्कृत भईसकेका छन् । प्रत्यक बर्ष उग्रताराको बार्षिक पुण्यतिथि श्रावण २० गते उक्त पुरस्कार प्रदान गरिने पोखरा एक्सप्रेसका कार्यकारी निर्देशक रामजी लम्सालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।

Post a Comment