द्मपुरकी ४२ वर्षीया खिमा बुढाथोकीले चार महिनाअघि सुरु गरेको चाउमिन उद्योगबाट मासिक रु १० हजार आम्दानी गर्न थालेकी छन् । स्थानीय बजारको माग अनुसार दैनिक १५ देखि २० केजी चाउमिन उत्पादन गर्दै आएकी उनले पद्मपुर महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रु १० हजार ऋण लिएर सो उद्योग सुरु गरेकी हुन् ।
कैलाली जिल्लाको प्रस्तावित अत्तरिया नगरपालिका–१३ की पद्मा धामीले भने तरकारी खरिद बिक्रीबाट दैनिक रु ५०० आम्दानी गर्ने बताइन् । ज्यालादारी गरेर जीविकोपार्जन गर्न बाध्य उनले चेतना महिला सामुदायिक वन समूहबाट बिनाधितो रु १० ऋण पाएपछि सो पेशा अपनाएकी हुन् । दाङ जिल्लाको लक्ष्मीपुर गाविस स्थित डाँफे सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष स्यानी चौधरी भन्छिन्,–‘वनको संरक्षण व्यवस्थापनसहित हकअधिकारको नेतृत्व एवम् आर्थिक विकासको लागि सिकाइ केन्द्र बरदान सावित भएको छ ।’
विश्व वन्यजन्तु संरक्षणकोष (डब्लुडब्लुएफ) हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा मध्य र सुदूरपश्चिमाञ्चलको अध्ययन अवलोकन भ्रमणमा निस्केको कास्कीको टोलीलाई प्रत्येक केन्द्रमा आबद्ध महिलाहरूले आ–आप्mनो सफलताको कथा यसरी सुनाएका हुन् । जलवायु परिवर्तन जोखिम न्यूनीकरणका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासंघहरूद्वारा सञ्चालित हरियो वन कार्यक्रम यतिखेर उनीहरूको हकअधिकार स्थापित गर्दै दिगो जीविकोपार्जनको सहारा बनेको छ । प्रत्येक केन्द्रमा २५ जना महिलाको सहभागिता रहेको छ । केन्द्रबाट सीप सिकेका महिलाले सहकारीबाट ऋण लिएर घरेलु उद्योग, बाख्रापालन, बङ्गुरपालन, बँदेलपालन, किराना पसल, तरकारी खरिद बिक्री, साइकल मर्मत, सिलाइकटाइजस्ता आयमूलक कार्य गरेर आत्मनिर्भर हुन थालेको सामुदायिक वन उपभोक्ता महासङ्घ बाँकेका उपाध्यक्ष केशकुमारी भण्डारी ओलीले जानकारी दिइन । सिकाइ केन्द्रमा पाउने खाजासमेत नखाई सङ्कलन गरेको रकमलाई मूल पुँजी बनाएर सहकारी सञ्चालन गरी वचतको परिपाटी सुरु गरेका भ्रमण टोली नेता तथा कास्कीका अध्यक्ष कालीदास सुवेदी बताउनुहुन्छ । भ्रमण टोलीमा २८ जना वनकर्मीको सहभागिता रहेको थियो । सम्पन्नता स्तरीकरणका आधारमा पहिलो पटक सातजनाले जनही रु १० हजारका दरले ऋण लिएर विभिन्न पेशा सुरु गरेका महिलाले राम्रो आम्दानी गरी सयमा किस्ता तिरेको पद्मपुर महिला वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष हिमा थापाले बताइन । कतिपय सहकारीलाई हरियोवन कार्यक्रम, स्थानीय निकाय, वन समूहहरूको आर्थिक सहयोग रहेको छ । सहकारी डिभिजन कार्यालयमा दर्ता भएका ४० सहकारीमार्पmत ३५० जनाले ऋण लिएर स्वरोजगारसहित जीविकोपार्जनमा सहयोग पुगेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य ठाकुर भण्डारी बताउँछिन् । कार्यक्रम सिकाइ केन्द्रमार्पmत लक्षित वर्गसम्म पुग्न सफल भएको छ । तराई भूपरिधि (ताल)अन्तर्गत रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, दाङ, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा अन्नपूर्ण भूपरिधि (ताल)तर्पm गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, गोरखा, लमजुङ र धादिङ जिल्लामा सो कार्यक्रम लागू भएको छ । मानव र पारिस्थितिकीय प्रणालीमा देखिएको जलवायु परिवर्तनबाट हुने प्रभावसँग सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्नुका साथै गरिबी निवारणमा सहयोग पु¥याउने उद्देश्यले (युएसएड) को तीन करोड अमेरिकी डलरको आर्थिक सहयोगबाट पाँच वर्षका लागि हरियो वन कार्यक्रम सुरु गरिएको हो । डब्लुडब्लुएफ, केयर नेपाल, फेकोफन र राष्ट्रिय प्रकृति संरक्षण कोषको साझेदारीमा तीन वर्षअघि सो कार्यक्रम सञ्चालन गरिएको हो ।

Post a Comment