0

पोखरा २२ असार ।
सिल्दजुरे र नामार्जुन गाविसमा निर्माणाधिन माथिल्लो मादीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग खन्ने क्रममा आइतबार माथिबाट ढुंगा खस्दा १ चिनियाँ सहित ६ मजदुर घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने अन्य प्राथमिक उपचारपछि घर फकिर्एका छन् । २५ मेगाबाट क्षमताको आयोजनाको सिल्दुजुरे, ७ स्थित एक नम्बर टनेलभित्र काम गरिरहेका बेला बिहान माथिबाट ढुंगोमाटो खसेर उनीहरुलाई च्यापेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष गुनप्रसाद बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मणिपालमा उपचार भइरहेकामा एक चिनियाँ नागरिक, सन्तोष वाइबा र हिमाल राई छन् । आयोजनाको को–अर्डिनेटर वीरविक्रम राणाले आफू एउटा विवाहमा भएकाले घटनाबारे केही थाहा नपाएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार राजौरले घटनामा १ चिनियाँ सहित ५ नेपाली घाइते भएको र जसमध्ये ३ को अवस्था गम्भीर रहेको जानकारी दिए । उक्त सुरङमार्गमा आइतबार भएको घटना तेस्रो हो । यसअघि गत वैशाख १२ गते पनि बाँधस्थल नजिकैको सुरुङमार्गको प्रवेशद्वारमा पहिरो खसेर इन्टेक छेकिंदा ३ जनाको मृत्यु भएको थियो । त्यसमा रहेका अन्य १३ जनालाई सकुशल उद्धार गरिएको थियो चने गत भदौ २० मा पनि पहिरो जाँदा एक प्राविधिकको मृत्यु भएको थियो । २५ मेगावाट क्षमताको आयोजना नेपाली र चीनको चाइना थ्री गर्जेज कर्पोरेशनसंग आवद्ध चाईना ईन्टरनेशनल वाटर एन्ड ईलेक्ट्रिक कर्पोरेशन (सीडब्लुई) को संयुक्त लगानीमा निर्माणाधिन छ । स्थानीयवासी तथा विभिन्न राजनीतिक दलका नेताहरुले सुरुङमार्ग निर्माण गर्नेक्रममा दुःख् घटना बढ्नु सुरङमार्गका ठेकेदार कम्पनीको लापर्वाहीका कारण  भएको आरोप लगाउँदै आएका छन् ।

Post a Comment

 
Top