0
कालीगण्डकी नदीको बीचभागमा पुगेर अड्किएका एक बालकको शनिबार उद्धार गरिएको छ । म्याग्दी सदरमुकाम बेनीको खुलामञ्च नजिकै नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलाको बीचमा पुगर फर्कन नसकी अलपत्र परेका ११ वर्षीय बालक सरोज नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । जिल्लाको पिप्ले–५ घर भई हाल घरपरिवारसँग पर्वत बेनीमा बस्दै आएका बालक बिहान ९ः४५ बजे खोलामा फसेका थिए । उनलाई तत्कालै जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सूर्यबहादुर थापा र कृष्ण श्रेष्ठले डोरीको सहायताले नदीको बीच भागबाट उद्धार गरेको प्रहरी सहायक निरीक्षक तीजबहादुर केसीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top