बागलुङ, २० असार । बुर्तिवाङदेखि सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको जिप बुर्तिवाङ–४ खल्टुबोटमा आज बिहान दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । ना१ज ३७५४ नम्बरको जिप बुर्तिवाङबाट छुटेको १० मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घाइते भएका सात जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बोवाङ गाविसका पूर्व गाविस अध्यक्ष शेरमान घर्ती, पंैयूपाटा घर भई खुङ्गा गाविसमा सचिव पदमा कार्यरत युवराज शर्मा र बुर्तिवाङका विष्णुमाया रोकाको अवस्था गम्भीर रहेको छ । जिपमा सवार अधिकारी चौरका केशमाया घर्ती, चालक दर्लिङका सुवासप्रताप केसी, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजकिशोर यादव र बुर्तिवाङका नेत्र चालिसे सामान्य घाइते भएका छन् । घाइतेको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । जिप दुर्घटना भएर बडीगाढ खोलामा खसेको थियो । अकस्मात् जिपको स्टिम लक भएपछि दुर्घटना भएको अनुमान गरिएको छ । रासस
Home
»
घटना दुर्घटना
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» जिप दुर्घटनामा सात घाइते, तीन गम्भीर
Subscribe to:
Post Comments (Atom)
Post a Comment