0
अक्सफोर्ड स्कुल पोखरा–१३ बाझापाटनमा प्रा.वि तथा मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रा.वि तर्ष हरियो सदनका प्रगति अधिकारी, समिक्षा अधिकारी, युगल सापकोटा र कृपा देवकोटा प्रथम भएका छन् भने रातो सदनका सिर्जना गुरुङ, गणेश आचार्य, पिंकी गुरुङ र अभिषेक केसीले द्रोस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरी मा.वि तर्ष पहेलो सदनका आसमान गुरुङ, अनुराग आचार्य र सुस्मिता गुरुङ प्रथम भए । निलो सदन ख का दिपिका बराल, अन्जन गौतम र दिपेन्द्र वन द्वितिय र निलो सदन क का अस्विन आचार्य, युनिका सुनार र विधान रेग्मीले तृतीय स्थान प्राप्त गरे । प्रा.वि र मा.वि तर्ष संचालित उक्त कार्यक्रम क्रमश शिक्षकहरु मदन रेग्मी र बिनोदराज आचार्यले संचालन गरेका त्यहाँबाट शिक्षक पुण्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

Post a Comment

 
Top