विन्दु थापा
भौगोलिक अवस्थितिका कारण औलो उन्मूलन अगावै ब्यापारिक केन्द्रको रुपमा विकास भएको सहर हो पोखरा । अहिले समग्र पश्चिमाञ्चलको प्रशासनिक, व्यापारिक र शैक्षिक केन्द्रको रुपमा मात्र हैन देशको मुख्य पर्यटकीय गन्तव्यको रुपमा पनि पोखराको विशिष्ट पहिचान छ । विकास समयक्रमको देन हो भने, पोखराको विकासको लागि विभिन्न व्यक्ति र संघ÷संस्थाहरुले समयक्रमसँगै यथोचित योगदान पु¥याएका छन् । ति नाम मध्ये अग्रपंक्तिमा आउने नाम हो तत्कालीन अंचलाधीश शंकरराज पाठक । विक्रमाब्द ३० को दशकमा प्रशासकको रुपमा पोखरा आएका उनले पोखराको वृहत्तर विकासका लागि योजनावद्ध रुपले अभियान थाले । परिणाम स्वरुप अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा रंगशाला, प्रशासनिक भवनहरुका लागि जग्गा अधिग्रहण मात्र भएन, उनकै अगुवाईमा पोखराको न्यूरोड जन्मियो । उनको दूरदर्शिताकै कारण पोखराले एउटा चौडा सडक मात्र पाएको छैन, पोखराले गर्व गर्ने ठाउँ पनि पाएको छ । त्यसो त, बडाहाकिमको रुपमा आएका घनविक्रम राणा लगायतले यहाँको साँस्कृतिक उन्नयनमा पु¥याएको योगदान पनि स्मरणीय छ । पृथ्वीनारायण कलेजको स्थापनामा खटिएका यहाँका अगुवाहरु, त्यो महान कार्यमा हैँसे गर्न आई पुगेका गुरु जर्ज जोन, उम्दो संस्था पोखरा उद्योग वाणिज्य संघ लगायत सबैको योगदानले अहिले पोखरा बन्न सकेको हो । सिद्धार्थ राजमार्ग र पृथ्वीराजमार्गको निर्माणले पोखरालाई देशका अन्य भागसँग जोड्ने काम ग¥यो । त्यस लगत्तै जन्मिएको पृथ्वीराजमार्ग बस ब्यवसायी समिति, पोखरा बस व्यवसायी समितिले निजि क्षेत्रको तर्फबाट यातायात सेवा संचालन गरी पोखरालाई आधुनिक सहरको रुपमा विकास गर्न पु¥याएको योगदानलाई कम आँक्न मिल्दैन, भला त्यो सेवामा विरोधाभाष नै किन नहोस् ।
तथ्य अनुसार कास्कीको जनसंख्या चार लाख ९२ हजार आठ सय ९८ छ । नेपाल राष्ट्रबैंक पोखरा कार्यालयको तथ्यांक अनुसार कास्कीमा रहेका एक सय ५२ वटा बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा नौ अर्ब एक करोड ३५ लाख ९८ हजार रुपैयाँ रेमिट्यान्स भित्र्याएका छन् । जिल्लाको शहरी जनसंख्या क्रमशः वृद्धि हँुदै करिब ५२ प्रतिशत पुगेको छ । संख्या वृद्धिदरको आधारमा २५ वर्षमा कास्की जिल्लाको जनसंख्या दोब्बर हुने प्रक्षेपण गरिएको छ ।
यस जिल्लाको जनसंख्या वृद्धिदर दुई दशमलव ५७ प्रतिशत छ भने जनघनत्व प्रति बर्ग किलोमिटर दुई सय ४४ छ । पोखरा उप–महानरपालिकामा ६८ हजार दुई सय ३६ घरधुरीमा दुई लाख ५५ हजार चार सय ६५ जनसंख्या छ । कास्कीका ग्राभेल, कच्ची र कृषि सडक गरी एक हजार पाँच सय ८४ किलोमिटर सडक संञ्जाल रहेको छ । २०५८ मा जिल्लामा जम्मा पाँच सय आठ किमी सडक थियो । राजमार्ग भने ७८ दशमलव ७६ किलोमिटर छ ।
यो,मानवीय सूचकांकमा पोखरालाई सम्वृद्ध सहरको रुपमा चित्रण गरेको छ । यहाँको रहनसहन र खानपान भड्किलो छ । दैनिक सयौँको संख्यामा पोखरासँग सपना साँट्न आउनेहरुका कारण जनघनत्व पनि बढ्दो छ । रेमिट्यान्सका कारण यो अवस्था आएको कसैबाट छिपेको छैन । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा खर्च गराउन राज्यबाट कुनै पहल भएको छैन । उपभोक्तावादी संस्कृति हावी भएको छ । स्वरोजगारप्रति युवाहरुको चाख घट्दो छ । यस्तो अवस्थामा पोखराबाट मात्रै भए पनि स्वरोजगारको अभियान थाल्न सकियो भने ठूलै उपलब्धि हुने थियो । त्यतातिर अब ध्यान दिनैपर्छ । वर्षेनी लाखौँको संख्यामा भित्रने पर्यटकलाई आधार बनाएर युवाहरुलाई सो उद्योगतिर आकर्षित गराउन र नयाँ पर्यटकीय गन्तब्य र प्रोडक्टको विकास गराउनु पनि अहिले पोखराको आवश्यकता बनेको छ । कृषि पछिल्लो समयमा संभावनायुक्त क्षेत्रको रुपमा उदाएको छ । आयात प्रतिष्थापन गर्न र रोजगारीको अवसर बढाउन कृषिमा सरकारी लगानी बढाउन कृषि क्षेत्रमा सहुलियत दरमा ऋण, आवश्यक प्राविधिक ज्ञान सरकारी क्षेत्रबाटै प्रदान गरिनुपर्छ ।
पोखराको आवश्यकता फेरिएको छ यतिबेला । अन्तर्राष्ट्रिय सहर उन्मुख पोखरामा नै रहेको पूँजीको सही परिचालन र बाह्य पूँजी आकर्षण गरी शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको आधुनिकी र ब्यवसायीकरणमा परिचालन गराउन सक्नुपर्छ । निजी क्षेत्रले त्यसको पहल पनि गरेको छ । यहाँको पर्यटन, शिक्षा र स्वास्थ्य अनि पछिल्लो समयमा कृषि क्षेत्रमा भएको लगानीले पोखरालाई पोखराको रुपमा चिनाउन मद्धत गरेको हो । १० हजार मान्छेलाई दैनिक आतिथ्यता प्रदान गर्न सक्ने संरचना, दैनिक हजारौँ बिरामीलाई दिइने सेवा, हजारौँ विद्यार्थीलाई आधुनिक र गुणस्तरीय शिक्षा र कृषिमा पछिल्लो समय भएको लगानीको हिसाब गर्दा अरवौँ हुन आउँछ । निजी क्षेत्रले सक्रियता नदेखाएको भए यो संभव हुने थिएन । पछिल्लो समयमा पोखराले बाह्य लगानीको पनि अपेक्षा गरेको छ । तर, बाह्य लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेका छन् । उदाहरणको लागि अहिले लेखनाथ र पोखरा क्षेत्रका धेरै ठाउँमा बाह्य लगानीकर्ताले ठूलो परिमाणमा जग्गा किनेर राखेका छन् । उनीहरुले विभिन्न परियोजनाका निम्ति भन्दै जग्गा किने पनि त्यहाँ सोचे अनुरुप लगानी भने गरेका छैनन् । समय राम्रो भए मात्र वाह्य लगानी भित्रने हो । स्थानीय आवश्वकता त स्थानीय नै पूरा गर्नुपर्छ । त्यसका लागि यहाँकै पूँजी परिचालन गर्नु अहिलेको आवश्यकता हो । पोखरामा अहिले स्थानीय श्रोत नै परिचालन गरी पोखरा टे«ड मल निर्माण भएको छ । ४६ जना व्यवसायी मिले र बनाइएको यो टे«डमल पोखराको निम्ति गतिलो सपिङ मलमात्र हैन, लगानीकर्ताको लागि उत्साह जनाउन पनि कारक हुने अपेक्षा राख्न सकिन्छ ।
सरकारी निकायहरुको विकासे गति ढिला छ । भौतिक संरचनाहरुमा समुचित लगानी हुन सकेको छैन । सरकारले सडक, बिजुली, खानेपानी लगायतका संरचनामा लगानी गर्ने हो र उचित माष्टरप्लान बनाउने हो भने निजि क्षेत्रले लगानी नगर्ने कुरै आउँदैन । भारतको बिहार सरकारले भौतिक संरचनामा लगानी मात्र के गरेको थियो, विकासले आफै गति लियो । भारतको विहारबाट हामीले सिक्नुपर्ने यही नै हो । अर्कोतर्फ, सहरकेन्द्रित विकासलाई गाउँगाउँ सम्म पु¥याउनु तथा आधुनिक सहरीकरणको लागि योजनावद्ध प्रयासको थालनी गर्न ढिला भई सकेको छ । कालान्तरमा पोखराले पनि राजधानी खाल्डोको नियती भोग्ने हो कि भन्ने आशंका पनि बढ्दो छ । यो अवस्थामा उचित योजनाको निर्माण, सार्वजिनक निजी साझेदारी कार्यक्रमको संचालनको आवश्यकता पनि उत्तिकै टड्कारो बनेको छ । अहिलेको संरचनाले आउने वर्षहरुमा पोखराको जनघनत्व धान्न सक्दैन । जनघनत्व वृद्धिसँगै यहाँका भौतिक संरचनाको स्तरोन्नति, नव निर्माणमा पनि ध्यान दिनैपर्छ । पोखरा चक्रपथ, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, सरसफाईको लागि दीर्घकालीन योजना, व्यवस्थित बसपार्क, सार्वजनिक शौचालय, पार्क, मनोरञ्जनस्थल, चिडियाघर, कला संग्रहालय लगायतका पूर्वाधारहरु निर्माणको लागि अब सरोकार वालाहरुले सोच्नैपर्छ ।
(लेखक थापा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष हुन् ।)

Post a Comment