0
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुवै देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा नयाँ उचाईमा पु¥याउन फलदायी र उपलब्धी मूलक हुने विश्वास विभिन्न राजनीतिक दलका नेता, पूर्व परराष्ट्रमन्त्री एवम् परराष्ट्रविद्हरू ले व्यक्त गरेका छन् । रिपोटर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले लेनदेनभन्दा पनि आपसी सम्बन्ध र विश्वासका आधारमा उच्च राजनीतिक तहमा सम्बन्ध सुदृढ बनाउँदै दुवै देशको आर्थिक समृद्धि र विकासका लागि यो भ्रमणलाई फलदायी बनाउनुपर्नेमा जोड दिए ।  एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् पूर्व ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले राष्ट्रिय महत्व राख्ने विषयमा देशमा न्यूनतम सहमति जुटाउनुपर्ने बताउँदै निश्चित समयावधि तोकेर मध्यपहाडी लोकमार्ग वा हुलाकी मार्गको कुनै खण्ड निर्माण गर्ने जस्ता पूर्वाधार र ऊर्जाको क्षेत्रमा सहयोगको अपेक्षा गर्नुपर्ने बताए ।
“ऊर्जा व्यापार सम्झौता गर्नुपर्छ, ऊर्जा बिक्रीका लागि भारत मुख्य बजार भएपनि अन्य क्षेत्रमा समेत बिक्री गर्न सकिने ढङ्गले हाम्रो स्वतन्त्रता कायम हुने गरी सम्झौता हुनुपर्छ,”–उपाध्यक्ष बोगटीले भने । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले परम्परागत, बहुआयामिक र जनतादेखि जनतासम्मको दुई देशको सम्बन्धलाई नयाँ दृष्टिकोण र नयाँ उचाईका साथ अघि बढाउनुपर्छ भने । “नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर ऊर्जा सहमति गर्नुपर्छ, व्यापार घाटा घटाएर पूर्वाधार निर्माणसहितका शिक्षा, स्वास्थ्य, पर्यटनमा लगानी विस्तार गरिनुपर्छ,”–अध्यक्ष यादवले भने ।  नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले दुई देशबीचको सम्बन्धमा केही समय यता राजनीतिभन्दा सुरक्षा, प्रशासनिक र अन्य निकाय हावी भएको चर्चा चल्ने गरेको बताउँदै लेनदेनभन्दा विशुद्ध उच्च राजनीतिक तहमा सम्बन्ध सुधार गरी दुई देशको सम्बन्धलाई नयाँ उचाईमा लानुपर्नेमा जोड दिए ।
“भारतले नेपालमा अस्थिरता चाहेको छ भनेर आशङ्का, चिन्ता र जुन शङ्का गरिएको छ त्यसलाई हटाएर भारत नेपालमा स्थिरता, शान्ति र विकास चाहन्छ भन्ने विश्वास दिलाउनुपर्छ, माग्ने मानसिकताभन्दा सम्बन्ध सुदृढ बनाउनेमा ध्यान केन्द्रित गर्नुपर्छ,”–सचिव ज्ञवालीले भने । नेपाली काँग्रेस विदेश विभाग प्रमुख तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाले विकासको दृष्टिले एसिया उदाउँदो क्षेत्रको रूपमा रहेकाले यसलाई समेत दृष्टिगत गरी नेपाल र भारतबीचको सम्बन्धलाई दुवै देशको हित हुने गरी उपयोग गर्नुपर्ने बताए । “छिमेकीलाई विश्वास लिएर नेपालले आफ्नो राष्ट्रिय हित हुने गरी ऊर्जालगायत विकासका क्षेत्रमा काम गर्नुपर्छ, नेपाल भारत सम्बन्धलाई आगामी दिनमा पारस्परिक विश्वासका आधारमा नयाँ उचाईमा लैजानुपर्छ,”–नेत्री कोइरालाले भने ।  पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनीले पानी बिजुली आधाआधा हुने गरी आफू परराष्ट्र मन्त्री हुँदा सम्झौता भएको पञ्चेश्वर आयोजना अघि बढाउने तथा ऊर्जा व्यापारका लागि सन् १९९६ ताका भएको सहमतिलाई आधार बनाएर अघि बढ्न सकिने बताए । “थोरै आयोजनामा सहयोगको लागि विश्वासमा लिनुपर्छ र मूलत दुई देशको सम्बन्धलाई सुदृढ बनाउनुपर्छ,”–पूर्व मन्त्री डा. लोहनीले भने ।  पूर्व मन्त्री एवम् परराष्टूविद् डा. भेषबहादुर थापाले प्रशासनिक, राजनीतिक र कूटनीतिक तवरले नभइ छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने निर्णयको आधारमा भारतीय प्रधानमन्त्रीको सद्भावना भ्रमण हुन लागेकाले हामीले विहंगम राष्ट्रिय दृष्टिका आधारमा राष्ट्रिय स्वार्थको लक्ष्मण रेखालाई हेरेर अघि बढ्नुपर्छ भने । “उच्च राजनीतिक तहमा संवादका आधारमा सम्बन्ध बढाउनुपर्छ, माग्ने प्रवृत्ति कम होस्”–डा. थापाले भने ।
यसैबीच पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आर्चायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पुराना सन्धि÷सम्झौताको पुनरावलोकन गरी आर्थिक विकासका एजेन्डामा छलफल गर्नुपर्ने बताएका छन् ।
संवाद क्लब नेपालद्वारा  आयोजित साक्षात्कारमा उनले सन् १९५० र १९६३ मा भएका सन्धि÷सम्झौता गर्दा भएका कमीकमजोरीलाई पुनरावलोकन गर्नु जरुरी भएको र आगामी दिनमा दुई देशबीचको आर्थिक विकासमा ध्यान केन्द्रित भएर छलफल गर्नुपर्नेमा जोड दिए । मन्त्री आचार्यले दुई देशबीचको ऊर्जा व्यापार सम्झौता नेपालको हितको पक्षमा भएको उल्लेख गर्दै पर्यटन विकासका लागि दुर्गम पहाडी क्षेत्रमा केवलकार निर्माण, उद्योग कलकारखाना सञ्चालन गर्न विद्युत् बेच्नेभन्दा पनि आफ्नै प्रयोजनका लागि खपत गर्नुपर्ने बताए ।  एकीकृत नेकपा (माओवादी) का स्थायी देवेन्द्र पौडेलले नेपाल(भारत सम्बन्धलाई नयाँ शिराबाट विस्तार गर्न एक देशले अर्को देशमाथि शङ्का र अपमानभन्दा पनि समानताको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक कुराहरू पनि धेरैजसो मिल्ने चर्चा गर्दै उनले मोदीसँग खासगरी आर्थिक विकासका एजेन्डाका बारेमा छलफल गर्दा राम्रो हुने र पहिलाको सन्धि÷सम्भौताका बारेमा पुनरावलोकन गरी सच्याएर सम्बन्ध विस्तार गर्नुपर्छ भने । नेपाली काँगे्रसका नेता रमेश लेखकले नेपाल–भारत ऊर्जा सम्झौता दुई देशको हितका पक्षमा भएको र मोदीसँग नेपालको आर्थिक उन्नतिका साथै नेपालको हितका एजेन्डाको छलफल गर्नुपर्ने विचार राखे । उनले मुलुकको आर्थिक समृद्धिका लागि पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण, सुदूरपश्चिमबाट भारत जोड्ने यातायत मार्ग खोल्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा संसदीय दलका नेता दीपक बोहराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रमुख तीन दलबीच मात्रै नभएर सर्वदलीय रुपमा छलफल गरी एजेन्डा तय गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मन्त्री आचार्य र उपस्थित दलका नेताहरूले १७ वर्षपछि नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु स्वागतयोग्य भएको र पहिलोका सन्धि÷सम्झौताको पुनरावलोकन गरी, खुला सीमा, नेपाल–भारत ऊर्जा व्यापार सम्झौता, यातायात, रेलमार्गका बारेमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top