कृृषि उद्यम केन्द्र÷नेपाल उद्योग वाणिज्य महासंघ्रबाट संचालित एक गाँउ एक उत्पादन कार्यक्रमको क्षेत्रीय कार्याशाला गोष्ठि शनिवार लेखनाथ उद्योग वाणिज्य संघको सचिवालयमा सम्पन्न भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीको अध्यक्षतामा आयोजित क्षत्रिय गोष्ठिमा प्रमुख अतिथि एवं कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले नेपाल सरकारको प्राथमिकतामा रहेको एक गाँउ एक उत्पादन कार्यक्रमलाई जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले सफलता पुर्वक कार्यान्वयन गर्दै आईरहेकोमा खुशी व्यक्त गरे ।
नेपाल सरकार कृषि मन्त्रालयका उपसचिव कलशराम चौधरीले नेपाल सरकारको एक गाँउ एक उत्पादन सम्वन्धि भएका निति र नियमका बारे जानकारी दिंदै कार्यक्रममा अनुगमन तथा पश्चिमाञ्चल क्षेत्रका १० उद्योग वाणिज्य संघहरुले एक गाँउ एक उत्पादन अन्तगर्त गरेका कार्यक्रमहरुका बारे प्रगति विवरण तथा आगामी वर्षमा संचालन गरिने कार्यक्रमका वारे कार्य पत्र प्रस्तुत गरिएको थियो । गोष्ठिमा नवलपरासी उद्योग वाणिज्य संघ, पाल्पा उद्योग वाणिज्य संघ, गोर्खा उद्योग वाणिज्य संघ, लम्जुङ उद्योग वाणिज्य संघ, वाग्लुङ उद्योग वाणिज्य संघ, पर्वत उद्योग वाणिज्य संघ, स्याङजा उद्योग वाणिज्य संघ, वालिङ उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वािणज्य संघले एक गाँउ एक उत्पादन कार्यक्रमबाट भएका प्रगति र सोको चुनौतीबारे छलफल गरिएको थियो । त्यसैगरि जिल्ला कृषि विकास कार्यालय कास्कीका कार्यालय प्रमुख रमेश प्रसाद कोईराला, वागवानी विकास अधिकृत मनहर कडरिया, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ले.यामवहादुर गुरुङ, कृषि उद्यम केन्द्रका वित्त अधिकृत अरुण श्रेष्ठ, विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यालय सचिव लगायतका सहभागिता रहेको कार्याशाला गोष्ठी मा एक गाँउ एक उत्पादन कार्यक्रम सम्वन्धी बृहत छलफल गरिएको थियो ।

Post a Comment