0
पोखरा ५ साउन ।(गोल्डेन)
विग आईकनको पाँचौ सँस्करणमा सोमवार सम्पन्न अडिसनमा टप टुवेल प्रतिष्पर्धी छनौट भएका छन् । सोमबार भएको अडिसनमा टप फिफ्टिन प्रतिष्पर्धीमध्येबाट अर्जुन गुरुङ्ग, आरती सापकोटा र अर्जुन थापा बाहिरिएपछि टप टुवेट प्रतिष्पर्धी छनौट भएका हुन् । अवको अडिसनमा प्रतियोगिहरुले टप टेनको लागि प्रतिष्पर्धा गर्नेछन् । ‘प्रतियोगिता निकै कडा बन्दै गएको छ ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘प्रतिस्पर्धीहरुले पनि निकै कडा अभ्यास गर्नुपर्ने देखिन्छ ।’ यता निर्णायकहरुले पनि यो कुरालाई पुष्टी गरेका छन् । निर्णायकहरुले भनेका छन्–‘सबै प्रतिस्पर्धीहरु उपाधीका लागि योग्य जस्तै छन् । त्यसैले हामीलाई निर्णय गर्न पनि निकै गाह«ो भैराखेको छ । यद्यपि प्रतियोगिताको लागि चाहिने सम्पूर्ण तयारी भने प्रतिस्पर्धीहरु आफै गर्नुपर्ने हुन्छ ।’ संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा प्रतियोगिताका निर्णायक हुन् । संगीत राउण्डको शुरुवातसंगै विग आईकनको आयोजक संस्था विग एफएमले प्रतिस्पर्धीहरुलाई अडिसनको अघिल्लो दिन नै अभ्यास गर्ने व्यवस्था मिलाएको छ ।   बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौं संस्करणमा ५० जिल्लाका ८ सय ९० जनाले सहभागिता जनाएका थिए । यस पटकको विग आईकनको विजेताले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो विग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् ।  

Post a Comment

 
Top