पोखरा, ३२ वैशाख
लुटेराको समुहले गत वैशाख १५ गते गोली प्रहार गरी रकम लुटेर फरार भएका लुटेराको समुहलाई छिटो पक्राउन गर्न पिडितका आफन्तले माग गरेका छन । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतको अध्यक्षतामा बसेको बैठकमा पीडितका आफन्तले घटना घटेको साँढे दुई महिना बढी समय वितिसक्दा समेत लुटेरालाई प्रहरी प्रशासनले कुनै पत्तै नपाएकोमा गुनासो गर्दै लुटेरालाई पक्राउन गर्न जोडदार माग गरेका हुन । कास्कीको पुम्दी भुम्दी–४ घर भएका २२ बर्षीय बरालका बाबु टंकराज बराल र आमा तुलसी बराल शारीरिक रुपमा अपाङग भएकोले एकै घरमा तीन जना अपाङ हुने भएकोले यसमा सम्बन्धित पक्षले आफुहरुको रेखदेख गर्नुपर्ने समेत माग राखेका थिए । उनका बाबु टंकराजले प्रहरी प्रसासनले पहिला लुटेराको समुहलाइ पक्राउन गरी कावाहीलाई अगाढी बढाउन माग गरे । बुधबार भएको बैठकमा ४ बुंदे निर्णय भएको छ । लुटेराको समुहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले थप तिव्रताका साथ खोज अनुसन्धान गर्ने, घाईते भएका भगवान बरालको उपचारमा यति डेभलपमेन्ट बैंकले गरेको सहयोगप्रति धन्यवाद दिदै घाईतेको थप उपचार र जीवन निर्वाहको लागि परिवारको अबस्थालाई समेत मध्यनजर गर्दै सम्बन्धित बैंकले आश्यक सहयोगका लागि कार्वाही अगाडइ बढाउने । डेभलपमेन्ट बैंकर्स एसोसिशन नेपाललाई घाईते भगवानका बराललाई आवश्यक सहयोगको निमित्त आग्रह गर्ने र डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले सुरक्षा निकायसंग समन्वय गरी सुरक्षा व्याबस्था थप मजवुद बनाउन आवश्यक कावाहीको अगाडी बढाउने निर्णय भएको हो । बैठकमा साहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, कास्कीका प्रहरी उपरिक्षक बसन्त कुमार लामा, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका भरतराज ढकाल, पिडितका बाबु, आमा, उनका आफन्त सहभागि भएका थिए । लुटेराको समुहबाट गोली लागेर गम्भीर घाईते भएका यति डेभलपमेण्ट बैंकका कर्मचारी भगवान बरालको स्वास्थ्यमा क्रमिक सुधार आएको उनका आफन्त मुक्तिराम बरालले बताए । काठमाण्डौको न्युरो हस्पिटलमा उनको उपचार भईरहेको छ । कास्कीका प्रहरी उपरिक्षक बसन्त कुमार लामाले न्युरोडमा गोली प्रहार गरी फरार भएका लुटेराको खोजि कार्य सवै क्षेत्रबाट भएको बताए । उनले यसको लागि काठमाण्डौको समेत बिषेश टोली सहित आफुहरु तल्लो स्तरबाट अनुसन्धानमा लागेको बताए । उक्त घटनामा संकास्पद करीब ८५ जनालाई नियन्त्रणमा लियर अनुसन्धान गरेको उनले बताए । उनले लुटेराको हाल ठोस प्रमाण जुटाउन नसकेकोले बताउदै केहि लुटेराको समुहलाई पक्राउ गरी छाड्ने वचन दिए ।

Post a Comment