0

बिग आईकनको पाँचौ संस्करणमा बुधबार उत्कृष्ट १० छनौट भएका छन् । उत्कृष्ट १२ बाट टप टेन छनौट गरिएको हो । बुधवार सम्पन्न अडिसनमा प्रकाश गौतम र रत्ना गुरुङ बाहिरिएपछि अब जेनिता राई, अनिल बिक, ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, राजिव परियार, सम्राट गायक, दीपेश भट्टचन र कुन्साङ गुरुङ टप टेनमा पुगेका हुन् । टप टेन प्रतियोगीहरुले टप नाईनमा स्थान बनाउन आगामी आईतबार प्रतिष्पर्धा गर्नेछन् । अव हुने अडिसनबाट एक–एक जना प्रतियोगी बाहिरिनेछन् । अबको छनौट एसएमएस भोटिङबाट समेत हुनेछ । श्रोताहरुले मनपरेको प्रतियोगीलाई भोट गर्न सक्नेछन् । टप थ्री मात्र फाईनल राउण्डमा भिड्ने भएकाले टप टेनदेखि टप फोरसम्म श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अधिकार रहने एफएमले जनाएको छ ।‘प्रतियोगिता निकै कडा बन्दै गएको छ ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘प्रतिस्पर्धीहरुले पनि निकै कडा अभ्यास गर्नुपर्ने देखिन्छ ।’ यस्तै, संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापाका अनुसार सबै प्रतिस्पर्धीहरु उपाधिका लागि योग्य भईसकेकाले निर्णय गर्न पनि निकै गाह«ो भईरहेको छ । संगीत राउण्डको शुरुवातसंगै बिग आईकनको आयोजक संस्था बिग एफएमले प्रतिस्पर्धीहरुलाई अडिसनको अघिल्लो दिन नै अभ्यास गर्ने व्यवस्था समेत मिलाएको छ । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा ५० जिल्लाका ८ सय ९० जनाले सहभागिता जनाएका थिए । यस पटकको बिग आईकनको विजेताले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बिग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् ।  यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।  

Post a Comment

 
Top