नौलो घुम्ती नेपाल र लागुपदार्थ तथा एचआईभी एड्स रोकथाम तथा नियन्त्रण समिति, लेखनाथ नगरपालिका–१ को संयुक्त आयोजनामा एक दिने लागुपदार्थ र एचआईभी एड्स सम्वन्धि अभिमुखीकरण कार्यक्रम सोमबार लेनपा–१ सैनिक बस्तीको नवदुर्गा आमा समूहको भवनमा सम्पन्न भयो ।
कार्यक्रममा नौलो घुम्ती नेपालका उपाध्यक्ष मेहरमान श्रेष्ठले नौलो घुम्ती नेपाल र यसले लागुपदार्थ र एचआईभी रोकथाम तथा नियन्त्रण, सामाजिक र आर्थिक विकासमा पु¥याएको योगदानको वारेमा जानकारी गराएका थिए । त्यस्तै नौलो घुम्तीकै लागुपदार्थ परामर्श, उपचार तथा पुनस्थापना कार्यक्रमका कार्यक्रम संयोजक मना ज्ञवालीले लागुपदार्थ प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको अवस्थामा व्यक्ति परिवार र समाज सचेत हुन पर्नेमा जोड दिए । परामर्शकर्ता ओम गुरुङले लागुपदार्थ तथा एचआईभीको समस्या र समाधानबारे सहभागीहरुलाई अभिमुखीकरण गरेका थिए । त्यसैगरी महिला सेवार्थी प्रिती गुरुङ्गले लागुपदार्थको दुव्र्यसनको कारण आफुले भोग्नुपरेका समस्या र नौलो घुम्तीको सेवाबाट लागु पदार्थ मुक्त भईसकेपछिका अनुभवहरु सहभागीहरु समक्ष बताएका थिए ।
सो अभिमुखीकरण कार्यक्रम लागुपदार्थ तथा एचआईभी एड्स रोकथाम तथा नियन्त्रण समिति, लेखनाथ नगरपालिका–१ का अध्यक्ष मोति गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । समितिका उपाध्यक्ष रीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा सहभागी स्थानीय समाजसेवी भिमकाजी गुरुङ्गले यस्ता कार्यक्रम समाजमा बेला बेलामा ल्याइनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा लेनपा १ सैनिकबस्ती ग्रुप १ देखि ५ का र मुसेटुँडाका गरी ५ वटा आमा समूह ६ वटा टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै अन्य स्थानिय समुदायहरु गरी करिब १०० जना सहभागी भएका थिए ।
कार्यक्रममा लागुपदार्थ सम्वन्धि मुक्ति नामक वृत्त चित्र पनि प्रर्दशन गरिएको थियो । लागुपदार्थ तथा एचआईभी एड्स रोकथाम तथा नियन्त्रण समिति लेनपा–१ का सचिव रामजी पौडेललेले गरेको उक्त कार्यक्रमको अन्त्यमा समितिका कोषाध्यक्ष ज्योति थापाले धन्यवाद ज्ञापन गरेकी थिइन ।

Post a Comment