0
बन्द भएको सात वर्षपछि धवलागिरिकै पहिलो जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–५ गौँडाकोट स्थित कोठेखोला जलविद्युत् गृह मर्मतपछि सञ्चालनमा आएको हो । विसं २०३७ मा निर्मित उक्त आयोजना २०६४ मा बाढी पहिरोले क्षति पु¥याएपछि बन्द अवस्थामा थियो । दुई सय किलोवाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणले मर्मत गरेको हो । मर्मत र थप उपकरण जडान गरिएपछि विद्युत् उत्पादन पनि बढेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले बताए । मर्मतपछि तत्कालै १०० किलोवाट विद्युत् उत्पादन भएको र केही दिनभित्रै १८० किलोवाट उत्पादन हुने प्रमुख यादवले जानकारी दिए । सुरुमा बागलुङ बजारलाई लक्षित गरी बनाइएको उक्त आयोजना २२५ किलोवाट क्षमताको भएपनि २०५२ सालदेखि २०० किलोवाट मात्रै उत्पादन हुँदै आएको थियो । पहिलेको उपकरण बिग्रिएपछि नयाँ २०० किलोवाट क्षमताको उपकरण जडान गरिएको थियो ।

Post a Comment

 
Top