0



बिग एफएमले आयोजना गरेको पाँचौ बिग आईकनका टपटेन प्रतिष्पर्धीमध्ये टप नाईन छनौट भएका छन् । मंगलबार घोषणा गरिएको टप नाईनको नतिजा अनुसार राजीव परियार बाहिरिएका छन । छनौट भएका उत्कृष्ट नौ जनाले उत्कृष्ठ आठको लागि मंगलबार प्रस्तुति दिएका छन । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णयको आधारमा परियार प्रतियोगिताबाट बाहिरिएको एफ एमले जनाएको छ ।
प्रतियोगिको गायन प्रस्तुति मूल्यांकन गरी आफूलाई मन परेका प्रतियोगिलाई आगामी बिहिबार दिउँसो ३ बजेसम्म भोट गर्न सकिनेछ । टप नाईनमा परेका जेनिता राईका लागि बिग स्पेश जेड आर, अनिल बिकका बिग स्पेश एबी, ल्हामो डोल्करलाई भोट गर्न बिग स्पेश एल डी, राम लिम्बुका लागि बिग स्पेश आरएल, सन्दिप ढुंगानाका लागि बिग स्पेश एसडी, सरिता अधिकारीलाई जिताउन बिग स्पेश एसए, सम्राट गायकलाई भोट गर्न बिग स्पेश एसजी, दीपेश भट्टचनका लागि बिग स्पेश डिबी र कुन्साङ गुरुङलाई भोट गर्न बिग स्पेश के जी टाईप गरेर ४३२१ मा पठाउन सकिनेछ । टप फोरसम्मको छनौट यहि प्रक्रियाबाट हुनेछ । प्रतियोगिको प्रस्तुति पछि निर्णायक र भोटिङका आधारमा अर्को चरणको प्रस्तुतिको दिन एक जना बाहिरिनेछन् । विभिन्न ५० जिल्लाका ८ सय ९० जनामध्ये टप टेन छनौट भएका हुन् । अबको प्रतिष्पर्धा झनै कठिन र एसएमएस भोटिङका लागि श्रोता दर्शकको पनि मन जित्नुपर्ने भएको छ । मंगलबारको प्रस्तुतिमा कबि, गित तथा गजलकार दिपक समिप अतिथि र्निणायकको रुपमा रहेको थिए । भने प्रतियोगिताको निर्णायक हरुमा संगीतकार सुनिक थापा र सामसुङ्ग तामाङ्ग रहेका छन ।  संगीत राउण्डको शुरुवात संगै बिग आईकनको आयोजक संस्था बिग एफएमले प्रतिस्पर्धीहरु लाई अडिसनको अभ्यास गर्ने व्यवस्था समेत मिलाएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बिग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द ब्रिटिश कलेजको स्पोन्सर सिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् ।  यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।  

Post a Comment

 
Top