पोखराको अमरसिंह उच्च माविमा कक्षा ११ को प्रवेश परीक्षामा अनियमितता भएको सम्बन्धि विवादका समाधान खोज्न नेविसंघ र अखिलले माग गरेका छन् । अभिभावक र विद्यार्थीको गुनासो पछि त्यहाँ पुगेका विद्यार्थी नेताहरूलाई व्यवस्थापन समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले धम्कीपूर्ण शैलीमा अपशव्द प्रयोग गरेपछि विवाद शुरु भएको उल्लेख गर्दै दुवै संगठनले सामान्य विवादलाई गलत प्रचार गर्दै कपी, कलम, किताब बोक्ने विद्यार्थी नेताहरुलाई गुण्डाहरुको परिभाषा दिएकोमा आपत्ति प्रकट गरेको छ । भर्ना छनोटमा भएको अनियमितताको छानविन र यस अगाडि विद्यालय व्यवस्थापन समिति र विद्यार्थी संगठनहरुबीच भएको पुराना सहमति कार्यान्वयन गर्न नेपाल विद्यार्थी संघ जोडदार माग गरेको छ भने अनेरास्ववियु कास्की क्षेत्र नं. २ का सचिव नवजीव ढुङ्गानाले नारी गरेको विज्ञप्तिमा विद्यार्थीहरूलाई पक्राउन गर्न प्रहरी गुहार्ने र वारेन्ट जारी गर्ने घटनाको विरोध गरिएको छछ । अध्यक्ष लामिछानेले तत्काल वारेन्ट खारेज गर्न पहल गर्नुपर्ने भन्दै विज्ञप्तिमा सामान्य विवादको विषयलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाइएको छ ।
अमरसिंह उमावि घटनामा विद्यार्थी संगठनको विरोध

Post a Comment