सिद्धार्थ क्लव पोखराद्धारा कृस्ती नाच्नेचौर र सराङ्गकोट गाविसका विभिन्न समितिमा रहेकका दलित, भूमिहिन र महिलाहरुको स्थानीय स्तरमा रहेका समितिमा महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने नेतृत्व विकास सम्बन्धि अनुशिक्षण कार्यक्रम सोमबार पोखरामा शुरु भएको छ । कार्यक्रम मंगलबार सम्पन्न हुनेछ । दुबै गाविसका दुर्गम क्षेत्रका वस्तीहरुका रुपमा रहेका टोलमा विभिन्न आमा समूह, महिला समुह, भूमि अधिकार मञ्च, महिला अधिकार मञ्च आदि सञ्जालमा संगठित ३० जना महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुष्मा पौडेलले सहजिकरण गरेकी थिइन ।
कार्यक्रमका अध्यक्ष तथा सिद्धार्थ क्लव पोखराका अध्यक्ष दिपेन्द्र मर्सानीले सिद्धार्थ क्लव पोखराले दलित, महिला र लक्षित समुदायको सामाजिक आर्थिक हैसियतमा सुधार गर्न विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र यसका लागि आगामी समयमा पनि निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्दै आफ्नो अधिकारका साथ साथै कर्तब्यको ख्याल गर्नु आवश्यक रहेको बताए । क्लवका सचिव रवि मर्सानीले स्थानीय स्तरमा रहेका समितिहरुमा दोस्रो नेतृत्व लिन सक्ने व्यक्तित्व निर्माण गर्नको लागि समेत कार्यक्रम आयोजना गरिएकोले बताए । नेतृत्व विकासका लागि सर्वप्रथम मानिसमा सकरात्मक सोच र आत्म विश्वासको जरुरी रहेको भन्दै कार्यक्रमका सहजकर्ता सुश्मा पौडेलले अब महिलाहरुले नेतृत्व लिने समय आएको बताइन । कार्यक्रमको उद्देश्य बारे सिद्धार्थ क्लवका नागरिक शिक्षा अधिकृत मनकुमारी तिलिजा पुनले प्रकाश पारेका थिए । कार्यक्रममा सिद्धार्थ क्लवका स्थानीय अधिकार कार्यक्रममा कार्यक्रम संयोजक दुर्गा प्रसाद खनाल र बाल प्रायोजन प्रमुख बलराम तिमिल्सिनाले पनि बोलेका थिए ।
Post a Comment