गोल्डेन न्यूज संवाददाता पोखरा २६ जेठ । नेष्डो सुचना विभाग÷ पश्चिमाञ्चल विकास क्षेत्रमा गरिवी न्युनिकरणको क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको लघु वित्त सेवालाई थप नयाँ क्षेत्रमा विस्तार गर्नका लागि नयाँ छनौट भएका ३१ जना कर्मचारीका लागि पाँच दिने सेवा प्रवेश पूर्व सैद्धान्तिक तालिम सोमबार बाट नगर प्रशिक्षण केन्द्र नदीपुरमा शुभारम्भा भएको छ । तालिम उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि एवम् मानवीय मूल्यमा आधारित विकास पद्धतिका प्रवद्र्धक डाक्टर हरीहर आचार्यले पश्चिमान्चल क्षेत्रको गरिवी न्युनिकरणको लागि नेष्डो नेपालको महत्वपूर्ण भूमिका रहेको बताउँदै संस्थाले महिला तथा विपन्न वर्गको शसक्तिकरणका लागि अतुलनीय योगदान पु¥याएको बताए । उनले लघु वित्त सेवाले हरेक महिलाहरुको चेतना, संगठन र सशक्तिकरणको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउन योगदान पु¥याएको बताउँदै थप दुर्गम र वन्चितिमा परेका वर्गसम्म विस्तार गर्न संस्थाले थप पहल गर्नु पर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईले महिला दिदीबहिनीहरुलाई समूहमा आवद्ध भएर व्यवसायिक बनाउदै उनीहरुको आर्थिक सामाजिक विकासका लागि कर्मचारीको क्षमता विकास महत्वपूर्ण हुने बताउँदै नेष्डो नेपालले महिला दिदी बहिनीहरुको जन्मदेखि मृत्यु प्रयान्तसम्मका हरेक समस्यामा नेष्डो नेपालको सेवाले महिलाहरुलाई राहत दिंदै आएको बताए । त्यसै गरी लघुवित्त सेवा विभाग प्रमुख विश्व वन्धु प्रसाई,अनुगमन प्रमुख वद्री प्रसाद मिश्र,सुचना व्यवस्थापन प्रमुख युधिष्टिर भुषाल लगायतले तालिमले सहभागीको ज्ञान, सीप र धारणामा परिवर्तन गराउने वताउदै तालिम पश्चात सिकेका विषयवस्तुलाई व्यवहारमा उतार्न अनुरोध गरे । कार्यक्रम संस्थाका अध्यक्ष प्रसाईको अध्यक्षता, मानव शंसाधन प्रमुख लक्ष्मी मेधासीको स्वागत, प्रशासकीय अधिकतृ इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । आगमी ३१ गते सम्म सञ्चालन हुने तालिमको सहजिकरण संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाई,लघुवित्त सेवा प्रमुख विश्व वन्धु प्रसाई, अनुगमन प्रमुख बद्री प्रसाद मिश्र लगायतले सहजिकरण गर्नेछन् ।
Home
»
उद्योग-ब्यापार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» नेष्डोका कर्मचारीहरूलाई सैद्धान्तिक तालिम
Subscribe to:
Post Comments (Atom)
Post a Comment