0


पोखरा २६ जेठ ।(गोल्डेन)
रामबजार क्षेत्रको सबैभन्दा पूरानो मन्दिर राममन्दिर र राममन्दिर माछापुच्छे« महिला समूहको संयुक्त आयोजनामा एक समारोहका बीच रामबजार सोसाइटी युकेका सल्लाहकारलाई सम्मान कार्यक्रम सम्पन्न भयो । रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्गलाई भगवान सीता र रामको पित्तलको मूर्ति दिई राममन्दिर संचालक समितिले र राममन्दिर माछापुच्छे«े महिला समूहबाट भाङ्गा खादा लगाई सम्मान गरिएको थियो । प्रमुख अतिथि गुरुङ्गले राममन्दिर र आमा समूहले गरेको सम्मानको कदर गर्दै मन्दिर संचालनमा अक्षयकोष थप रकम रु.११ हजार ६ सय ६१ रुपैयाँ प्रदान गरे । साथै रामबजारमा रहेका यस्ता संस्थाहरुले सम्मान गर्ने गरेको र यस्ता कार्यले समाजमा अझ सेवा गर्ने प्रेरणा मिलेको बताउँदै सबैले पारदर्शिता राखी कार्य गर्न आग्रह गरे ।  कार्यक्रममा रामबजार टोल विकास संस्थाका अध्यक्ष सम्मबहादुर श्रेष्ठ, ज्ञानज्योति पुस्तकालयका अध्यक्ष निरज थापा, कालिका मन्दिर संचालक समिति अध्यक्ष मनविर गुरुङ्ग, कृष्ण मन्दिर संचालक समितिका अध्यक्ष ज्ञान बहादुर थापा, टोल सुधार समिति रामबजारका उपाध्यक्ष खरिलाल विश्वकर्मा, विश्वकर्मा मन्दिर संचालक समितिका अध्यक्ष हरिलाल वि.क., ममिता गौतम स्मृति प्रतिष्ठानका संरक्षक चन्द्रकिशोर गौतम, रामबजार युथ क्लवका उपाध्यक्ष वीरेन्द्र पुन लगायतले रामबजार सोसाइटी युके र रामबजारबासीको सम्बन्ध र राममन्दिर व्यवस्थापनमा मन्दिर संचालक समितिले ध्यान दिनुपर्ने जोड दिंदै यस्ता सहयोग र सम्मान कार्यले समाजको कार्यमा जोस उत्पन्न हुने बताए । कार्यक्रममा मन्दिर संचालक समितिका निवर्तमान अध्यक्ष इन्द्र बहादुर कार्की र आमा समूहका अध्यक्ष माया भुजेलले शुभकामना व्यक्त गरेका थिए । मन्दिर संचालक समितिका अध्यक्ष पदम गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा रामबजार सोसाइटी युकेका प्रतिनिधि भुपेन्द्र कुँवरले स्वागत मन्तव्य राखेका भने कार्यक्रमको संचालन सचिव अरुण कुमार गुरुङ्गले गरे ।

Post a Comment

 
Top