रोटरी क्लव अफ लेखनाथको पाँचौं रोट्याक्ट क्लव अफ लेखनाथको चौथो पदस्थापन कार्यक्रम शनिवार लेखनाथ स्थित लेखनाथ उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको छ । रोटरी क्लव अफ लेखनाथका निवर्तमान अध्यक्ष विश्वप्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमबाट आगामी कार्यकालका अध्यक्ष शिवमणि भण्डारीलाई हस्तान्तरण गरेका छन् । त्यस्तै सोही कार्यक्रममा रोट्याक्ट क्लव अफ लेखनाथका निवर्तमान अध्यक्ष रोशन अधिकारीले आगामी वर्षका अध्यक्ष अशोक ढकाललाई हस्तान्तरण गरेका छन् । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक बलराम भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, लेखनाथ नगरपालिकाका कानून अधिकृत राममणि अधिकारी, जनप्रकाश बहुमखी क्याम्पसका प्रमुख ऋषि बुढाथोकी, रोटरी एसिस्टेन्ट गर्भनर हिमालय देव सिग्देल, दिनेश शंकर पालिखे, डिस्ट्रिक्ट युथ कमिटी चेयर किरण लाल श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले समाजिक क्रियाकलापमा रोटरी क्लव अझ सुदृढ भएर लाग्नु पर्नेमा जोड दिँदै शैक्षिक क्षेत्रमा समेत लगानी गर्न आग्रह गरी सबै पदाधिकारीहरुलाई शुभकामना एवं बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा रोटरी क्लव लेखनाथका वर्ष १२÷१३ का अध्यक्षले वर्ष १३÷१४ का अध्यक्षलाई कोलार हस्तान्तरण गरेका थिए । त्यस्तै रोट्याक्ट क्लव लेखनाथमा उत्कृष्ट नयाँ सदस्यमा रोशनी हमाल र वर्ष भरि उत्कृष्ट कार्य गरी सुदीप न्यौपाने पुरस्कृत भएका छन् । त्यस्तै रोटरी क्लव अफ लेखनाथका अध्यक्ष विश्व प्रसाद कर्माचार्यले सबै सदस्यलाई सहयोग गरेवापत मायाको चिनो प्रदान गर्नुका साथै उत्कृष्ट रोटरीयनबाट वद्री पौडेल सम्मानित भएका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लव तर्फ इविन्द्र तिवारी र वद्री पौडलले गरेका थिए भने रोेट्याक्टबाट अमृत थापाले गरेका थिए ।
रोटरी क्लव अफ लेखनाथको पाँचौं रोट्याक्ट क्लव अफ लेखनाथको चौथो पदस्थापन कार्यक्रम

Post a Comment