यही असार १९ देखि २४ सम्म काठमाण्डौमा हुने नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं.३ कास्कीद्वारा आयोजित रक्तदान कार्यक्रमको प्रारम्भ जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण थापाले क्षेत्र नं.३ का सचिव तथा रक्तदाता ऋषिराम गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरेका प्रारम्भ भएको थियो ।
पोखरा पृथ्वीचोकमा आयोजित रक्तदान कार्यक्रममा ऋषि गौतम, विष्णु प्रसाद गौतम, यम सापकोटा, टिकाबहादुर लामिछाने, सुरज सापकोटा, हर्कबहादुर भुजेल, कृष्ण अधिकारी, शशी ढकाल, बैद्य प्रसाद न्यौपाने, दीपेश भण्डारी, पदम पाण्डे, शिवप्रसाद सापकोटा, रमेश जोशी, विधान कोइराला, लक्ष्मी थापा, इन्द्रमणि रेग्मी, सुन्दर ढुङ्गाना, विनोद लामिछाने, लक्ष्मी गुरुङ्ग, निमेश थापा, अजय परियार, नविन रिमाल, पवन अधिकारी, चिन्तामणि बास्तोला, मनकुमारी तामाङ्ग, अशोक पौडेल, रामकृष्ण वि.क., दीपु सुनार, सरोज पौडेल, लिलाधर बास्तोला, खेम गुरुङ्ग, नारायण खत्री, रञ्जना थापा, दीपकप्रसाद सुवेदी, गणेश तामाङ्ग, विष्णुप्रसाद लामिछाने, सन्दीप सुवेदी, नरेन्द्र गुरुङ्ग, विशाल क्षेत्री, प्रेमबहादुर थापा, विनोद लिगल, सुजन अधिकारी, प्रदीप सुवेदी गरी ४३ जनाको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता नेकपा एमाले क्षेत्र नं.३ का अध्यक्ष धनबहादुर नेपालीले गरेका थिए । रगत अभाव भइरहेको बेलामा गरिएको यो कार्यक्रमलाई मानवीय रुपमा लिइएको छ ।
Post a Comment