0
नेपाली कांग्रेस पोखरा उपमहानगरपालिका वडा नं. ७ इकाइका सचिव गंगाबहादुर कार्कीको निधन भएको १३औं दिनको पुण्य तिथिमा बुधबार एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । वडा इकाइद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य जीवन परियारले स्वर्गीय कार्कीले प्रजातन्त्र र कांग्रेसका लागि महत्वपूर्ण योगदान पु¥याएको बताए । नेपाली कांग्रेस कास्कीका सभापति एवं संविधानसभा सदस्य यज्ञबहादुर थापाले स्वर्गीय कार्कीको योगदानको स्मरण गर्दै उहाँले देखाएको बाटो हिंड्नुपर्नेमा जोड दिए । वडा इकाइका सभापति सरोजनारायण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की कांग्रेसका नेता शोभियतबहादु अधिकारी, जिल्ला सचिव कृष्ण केसी, क्षेत्रीय सभापति शोभाचन्द्र बराल, पोखरा नगर सभापति विष्णुहरि बराल, वडा इकाइका उपसभापति नविन बराल, महिला संघकी वडा इकाइ सभापति नारायणी बराल, स्थानीय बुद्धिजीजि मातृकाराज घिमिरे  र स्व. कार्कीका छोरा अजित कार्की लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्कीको गत जेठ ३० गते ६३ वर्षको उमेरमा निधन भएको थियो । स्व. कार्कीका श्रीमती ३ छोरा र २ छोरी छन् ।

Post a Comment

 
Top