विजनेश युनिभर्सल डेभलपमेण्ट बैंक लिमिटेडको दशांैै वार्षिक साधारण सभा अध्यक्ष मिलन कुमार बैद्यको अध्यक्षतामा सम्पन्न भएको छ । गत मंगलवार काठमाण्डौंमा सम्पन्न साधारण सभाले आ.व. २०६९÷७० को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गरेको छ । बैंकको चुक्ता पूँजीमा रु. ८४ करोड २० लाख ६३ हजार रहेको र बैकले आ.व. २०६९÷७० मा सञ्चालन मुनाफा रु. १ कराड ८५ लाख र खुद मुनाफा करिव रु. ५८ लाख रहेको छ । बैंकले २०७१ जेष्ठ मसान्तसम्ममा रु. ४ अर्व ७८ करोड निक्षेप संकलन गरि रु. ४ अर्व ८ करोड विभीन्न क्षेत्रमा कर्जा प्रवाह गरेको का. मु. प्रमुख कार्यकारी अधिकृत मनोहर के सी ले जानकारी दिएका छन ।
बैंकको प्रधान कार्यालय अनामनगर काठमाडौंमा रहेको र अन्य १० वटा शाखा कार्यालयहरु देशका विभिन्न स्थानमा संचालनमा रहेका छन् । जस मध्ये काठमाडौंको न्युरोड र कान्तिपथमा, पोखराको न्युरोड, विरौटा र बुद्धचोकमा, तनहुँको दमौलीमा, सुनसरीको धरानमा, मोरङ्गको विराटनगरमा, चितवनको नारायणगढमा र रुपन्देहीको बुटवलमा गरी जम्मा ११ वटा शाखा कार्यालयहरु संचालनमा रहेकोछन् । बैंकले ग्राहकहरुलाई समय सापेक्ष आधुनिक बैंकिङ्गका सेवा सुविधाहरु जस्तै; ए.टि.एम. सेवा, ईन्टरनेट बैंकिङ्ग सेवा, निःशुल्क ए.वि.वि.एस. सेवा, मोवाईल बैंकिङ्ग सेवा, एस.एम.एस. बैंकिङ्ग तथा लकर सेवा प्रदान गर्दै आएको साथै, विभिन्न कम्पनीहरुसँगको सहकार्य गरि बिप्रेशण सेवा संचालन गरिरहेको जनाईएको छ ।
Post a Comment