0
पोखरा १२ असार । नेपाल सरकार यूवा तथा खेलकुमन्त्रालयको कार्यक्रम अखिल नेपाल फुटबल संघको आयोजना तथा कास्की जिल्ला फुटबल संघको ब्यवस्थापनमा पोखरा रगंशालामा सम्पन्न  छात्र÷छात्रा कास्की जिल्ला कोकाकोला कप विद्यालयस्तरीय फुटलब प्रतियोगिताको उपाधि  छात्र तर्फ कास्की मोडनाइज्ज बोर्डिङ स्कुल र छात्रा तर्फ टप्स उच्च माविले जितेका छन् ।
बिहिबार सम्पन्न  छात्र तर्फको खेलमा  कास्की मोडनाइज्ज  बोर्डिङ स्कुलले सैनिक आवासिय महाविद्यालयलाई टाइबेकरमा ५—४ को कठिन जित निकाल्दै उपाधि जितेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि टाइबेकरमा सैनिकलाई पाखा लगाउदै कास्की मोडनाइज्जले जित हात पा¥यो । विजेता र उपविजेता बनेका दुवै टिमले क्षेत्रीय कोकाकोला कपमा कास्की जिल्लाको प्रतिनिधित्व गर्ने  छन् ।  त्यस्तै विहिबारै भएको छात्रा तर्फको फाइनल खेलमा डिफेन्डिङ  च्याम्पियन टप्स उच्च माविले  गण्डकी बोर्डिङ स्कुललाई ३—१ गोल अन्र्तरले पाखा लगाउदै कोकाकोला कपमा ह्याट्रिक गरेको छ । अघिल्ला दुई संस्करणमा समेत विजेता बनेको टप्सले लगातार तेस्रो पटक पनि विजेता बन्दै  क्षेत्रीय कोकाकोला कप फुटबल प्रतियोगितामा सहभागीता सुनिश्चित गरेको हो । टप्सले क्षेत्रीय कोकाकोल कपमा कास्कीको प्रतिनिधित्व गर्ने छ ।विजेता टिमलाई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी बमबहादुर भण्डारी, एन्फा कास्कीका अध्यक्ष गोपीबहादुर भटराई, एन्फा कास्कीका पूवं अध्यक्ष एवं सल्लाहाकार खेम गुरुङ, कास्की जिल्ला महिला फुटबल संघका अध्यक्ष भक्ति  गुरुङ, एन्फा उपाध्यक्ष कुमार गुरुङ, प्रतियोगिता संयोजक ओम बस्नेत, एन्फा पूर्व अध्यक्ष महेश गुरुङ लगायतले कप र प्रमाणपत्र वितरण गरेका थिए ।कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने ब्यक्ति र संघसस्थालाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रम एन्फा कास्कीका अध्यक्ष गोपिबहादुर भटराईको अध्यक्षतामा सम्पन्न  भएको थियो भने संचालन महासचिव राजन पौडेलले गरेका थिए । जेठ ३१ गतेबाट सुरु  भएको प्रतियोगितामा छात्र तर्फ ७३ र छात्रा तर्फ १५ टिमको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top