0

नेपाल स्थित हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले गत दशैं तिहारको उपलक्ष्यमा ल्याएको “दशंै तिहारको अफर, सुपर डुपर बम्पर” योजना अन्तर्गत लक्की ड्र बाट घोषित विजेताहरुलाई बम्पर दुइ जना विजेताहरु जनार्दन वाँस्तोला, र गोविन्द प्रसाद भट्टराइलाई १÷१ थान हुण्डाइ इयोन गाडी प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष गणेश बहादुर श्रेष्ठ र मिस नेपाल २०१४ की सुविन लिम्बुले संयुक्त रुपमा उक्त गाडी प्रदान गरेका हुन् ।  यसका साथै विभिन्न १० व्यक्तिहरुलाई सुपर डुपर योजना अन्तर्गत  ५÷५ तोला सुन पुरस्कार स्वरुप प्रदान गरेका थिए । उक्त योजना २०७० भाद्र २० देखि २०७० कार्तिक २३ गतेसम्म लागू भएको थियो ।

Post a Comment

 
Top