नेपाल अपाङ्ग कल्याण संघ कास्कीले कास्कीका युवाहरुको बोल्ने कला र क्षमता अभिवृद्धि गराउने भन्दै पोखरा–१५ मा आयोजना गरेको २१ दिने उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी तालिम बुधबार सम्पन्न भयो । तालिममा करिब ३० जना सहभागी थिए । स्थानीय ज्ञानज्योति पुस्कतकालयको सहयोगमा आयोजित कार्यक्रमको समापनका अवसरमा स्थानीय समाजसेवी ललितबहादुर भण्डारी र सोही पुस्तकालयका अध्यक्ष निरज थापा लगायतले प्रमाणपत्र वितरण गरेका थिए । त्यस अवसरमा बोल्दै भण्डारीले बोल्ने क्षमताको विकास संगै व्यक्तित्व र नेतृत्वको क्षमता बढ्ने र समाजमा अगुवाइ गर्न सक्ने भएकाले तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकालयका अध्यक्ष थापाले पुस्तकालयलाई वाचनालयको रुपमा विकास गरिने र स्थानीय युवाहरुको प्रतिभा विकासमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । नेकपा एकीकृतका रामजी थापाले तालिमबाट सामाजिक जीवनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा आदिवासी जनजाति महासंघका लालकाजी गुरुङ, सामाजिक विभेद विरुद्ध ऐक्यवद्धता मञ्चका यामु गैरे, पुस्तकालयका सचिव गुरुदत्त कोइराला, प्रशिक्षक दिवस पुन र छिरिङ शेर्पा, अष्ट्रेलियन स्वयंसेवक, सुरेश थोकर, प्रशिक्षार्थीहरु कुन्ती घले, एन्जिल शेर्पा, रविन गुरुङ, उर्मिला श्रीसमगर, सृजना श्रीस लगायतले तालिमका बारेमा आ–आफ्नो भनाई राख्नुका साथै गीत, नृत्य र प्रहसन प्रस्तुत गरेका थिए । अपाङ्ग कल्याण संघका अध्यक्ष सन्तबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचाल कृष्णबहादुर भुजेलले गरेका थिए ।

Post a Comment