0

मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडको पाँचौं शाखा लमजुङ जिल्लाको सदरमुकाम बेशीसहरमा संचालन भएको छ । बुधबार एक समारोहका बीच लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना तथा बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए । कास्की, लमजुङ, काठमाडौं, गोरखा, म्याग्दी, वाग्लुङ लगायत देशका विभिन्न भागका गरि ८६ जना संस्थापकहरुद्धारा संस्थापना भएको उक्त विकास बैंकले बेशीसहर शाखावाट लकर तथा ए.टि.एम. को सुविधा सहित आफ्नो कारोवार सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद तिवारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बैंकले यस अघि नै लमजुङ जिल्लाको पश्चिमी भेग भोर्लेटारमा आफ्नो शाखा सञ्चालनमा ल्याईसकेको छ । बेशीसहर तथा त्यसको आसपासको ग्रामिण क्षेत्रमा रहेका सर्वसाधारणहरुले मेहनत गरि कमाएको स–सानो रकम संकलन गर्ने र संकलित उक्त रकमलाई त्यसै क्षेत्रको कृषि, पशुपालन, फलफुल खेति, व्यापार, स(साना उद्योगहरुलाई सरल तथा सुलभ रुपमा कर्जा लगानी गर्ने उद्देश्यका साथ शाखा कार्यालय स्थापना गरिएको बताइएको छ ।

Post a Comment

 
Top