0

पोखरा १४ असार ।(गोल्डेन)
स्याङ्जाको बेल्टारीबाट पोखरा आइ बसोबास गरेका बेल्टारी बासीको साझा संस्था बेल्टारी–पोखरा सम्पर्क समाजले शनिबार कास्कीको पुम्दिीभुम्दीमा वृक्षारोपण गरेको छ । समाजका अध्यक्ष लक्ष्मण न्यौपानेको नेतृत्वमा गएको टोलीले पुम्दीभुम्दी गाविस वडा नं. १ चनौटेमा करिब आठसय ५० विरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष न्यौपाने, सल्लाहकारत्रय लेखनाथ न्यौपाने, लोकगायक पुरुषोत्तम न्यौपाने, र खगेन्द्र न्यौपानेले संयुक्त रुपमा गरेका थिए । समाजले सोही स्थानमा एक करोडको लगानीमा कृषि कार्यक्रम संचालन गर्ने तयारी गरेको समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कार्यक्रममा करिब ५० जना सहभागी भएका थिए ।

Post a Comment

 
Top