नेपाल निजामती कर्मचारी युनियनको पश्चिमाञ्चल स्तरीय र गण्डकी अञ्चल स्तरीय समन्वय समिति गठन गरिएको छ । नवगठित पश्चिमाञ्चल क्षेत्रीय समन्वय समितिमा संयोजक गुल्मीका जयश्वर पन्थी तथा सदस्यहरुमा रुपन्देहीका रामकृष्ण तिवारी, बाग्लुङका मञ्जु शर्मा चालिसे र कुलराज पौडेल, कास्कीका तुलसीप्रसाद बराल, जुनु क्षेत्री र महेशकुमार सिग्देल, पर्वतका विष्णुप्रसाद पौडेल, कपिलवस्तुका कृष्णप्रसाद तिमिल्सिना र भैरवप्रसाद जोशी, पाल्पाका विनोद घिमिरे, स्याङ्जाकी मिठु ढकाल, म्याग्दीका लिलानाथ पौडेल, गोर्खाका एकराज अम्गाइ र गुल्मीका गौरव पन्थी रहेका छन् । यसैगरी गण्डकी अञ्चल समन्वय समितिको संयोजकमा कास्कीका तुलसीप्रसाद बराल र सदस्यहरुमा कास्कीका राजेन्द्र पौडेल र तेजराज शर्मा, स्याङजाका विष्णुप्रसाद खनाल र कमल पौडेल, तनहुँका अमृत बगाले र कमला पोखरेल, गोरखाका विष्णुहरि न्यौपाने र शरुणा पोखरेल, मनाङ्की मेनका घले र लमजुङका मनबहादुर घले रहेका छन् ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष सुवोधकुमार देवकोटाले प्रमुख अतिथिको रुपमा बोल्दै कर्मचारीको हक हितका लागि युनियनले रचनात्मक काम गर्दै आएको बताए ।
युनियनका केन्द्रीय उपाध्यक्ष एवं पश्चिमाञ्चल संयोजक जयश्वर पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका नेता शोभियत बहादुर अधिकारी, युनियनका गण्डकी अञ्चल संयोजक तथा केन्द्रीय सदस्य तुलसी बराल, कास्की शाखा अध्यक्ष रामजीप्रसाद कोइराला, कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारी, नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष हेमराज बराल, ट्रेड युनियन कांग्रेसका क्षेत्रीय अध्यक्ष मुरारी शर्मा, कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेल र महासचिव जीतबहादुर मडै, सल्लाहकार बदं्रीराज आचार्य लगायत आ–आफ्नो भनाई राखेका थिए ।
Post a Comment